गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनको शेयर बजारमा मात्र ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँको शेयर बजारमा लगानी गरेको विवरण सार्वजनिक गरेका छन् ।
बिज्ञापन
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा,उनको बुबा दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा रहेको उल्लेख छ । यस्तै बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी विशाल जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
सार्वजनिक विवरण अनुसार,गृहमन्त्री गुरुङले होप होल्डिङ प्रालिको ३० हजार कित्ता सेयर र लगुम प्रिमियर अपार्टमेन्टको ५७ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख छ । यस्तै, एडभेन्चेर भिल्ला प्रालिको ७० हजार थान सेयर अर्थात् ७० लाख रुपैयाँ पनि उनले आफ्नो सम्पत्तिमा उल्लेख गरेका छन् । सवारी साधनतर्फ गृहमन्त्री गुरुङसँग लगुम प्रिमियर अपार्टमेन्टको एक थान कार रहेको खुलाइएको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ ।
यस्तै, लक्ष्मी सनराइज बैँकमा ५ लाख ३५ हजार रुपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ र सानीमा बैँकमा १५ सय रुपैयाँ रहेको जनाइएको छ । गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन्, जसलाई पैतृक सम्पत्ति भनी जनाइएको छ ।
































