सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

संघीय सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान ९ देखि ५ बजेसम्म कायम गरेको भए पनि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भने उक्त निर्णय कार्यान्वयन नगर्ने घोषणा गरेको छ । संघीय सरकारले यही चैत २३ गतेबाट लागू हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि पालिकाले त्यो निर्णय कार्यान्वयन नगर्ने भएको हो । सरकारको निर्णयलाई केही दिन अभ्यास गरेर हेर्दा समेत प्रभावकारी नदेखिएपछि कार्यपालिकाले पुरानै १० देखि ५ बजेको समयलाई निरन्तरता दिने निर्णय लिएको हो।

बिज्ञापन

सघीय सरकारले गरेको यो निर्णय व्यवहारिक नभएको भन्दै स्थानीय तहले नमान्ने निर्णय गरेको हो । पालिकाले अधिकांश कर्मचारी कार्यालय आसपास नै बस्ने गरेको र भौगोलिक विकटताका कारण उक्त थप भएको कार्यालय समयभित्र सेवाग्राहीहरूसमेत कार्यालयसम्म पुग्न असमर्थ हुने देखिएकाले निर्णय कार्यान्वयन नहुने जनाएको हो । गाउँपालिकाको ६०औं कार्यपालिका बैठकले संघीय सरकारको यो नीति स्थानीय स्तरमा अव्यवहारिक रहेको ठहर गर्दै साविककै व्यवस्थाअनुसार कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । निगुरादिन, चाँगेदेखिको सेवाग्राही खाना खाएर पालिकासम्म आइपुग्दा ११ /१२ बज्छ,कर्मचारीले पनि दुई घण्टा हिँडेर आउनुपर्ने हुँदा केन्द्रका निर्णय स्थानीय तहलाई अमान्य हुने बताइएको छ । पालिकाका अनुसार चालु आर्थिक बर्षको मुख्य काम गर्ने समय यही भएको कारण संघीय सरकारको कार्यालय समय परिवर्तनको निर्णय लागु गर्न नसकिने जनाइएको छ ।

बिज्ञापन

पालिकाले सूचना जारी गर्दै सबै सरकार कार्यालयहरूमा आइतबारदेखि शुक्रवारसम्म सञ्चालन हुने गरी वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान १० देखि अपराह्न ५ बजे र कात्तिक १६ गतेदेखि माघ १५ सम्म १० देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।
यस्तै पालिकाले विद्यालयमा पनि शनिबार मात्रै बिदा हुने उल्लेख गरेको छ । पाठ्यक्रम विकास केन्द्रले २२० दिनको कोर्ष डिजाइन गरेको छ । पढाइ हुने दिन भने १ सय ९० दिन मात्रै हुने र स्थानीयस्तरमा हुने सबै खालका बिदा र परीक्षासमेतको समय कटाएर ८६ दिनमात्रै पढाइ हुने देखिँदा शिक्षा क्षेत्रमा समेत दुई दिने निर्णय व्यवहारिक नहुने ठहर गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

सात नायब सुब्बा शाखा अधिकृतमा बढुवा सिफारिस

लगनखेल मालपोतको प्रमुख कुर्सी खाली, उपसचिवहरूको दौडधुप सुरु

अवकाशोन्मुख उच्चपदस्थ कर्मचारीलाई पनि ‘ई–पेन्सन’ सेवा लिन महानिर्देशक पोखरेलको आग्रह

बिशेष