अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करीमा संलग्न रहेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ। अख्तियारले भन्सारका कर्मचारीसहित २८ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा लगेको हो ।
बिज्ञापन
अख्तियारका अनुसार,सुन तस्करी प्रकरणमा सभामुख महराका साथैं उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, नायब सुब्बा रेवन्त खड्का, महराका छोरा राहुल महरा (निर्मल), चिनियाँ नागरिक दाओजिन वाङ, लोकेन्द्र पौडेल लगायतलाई प्रतिवादी बनाएको छ । चार जना विदेशी नागरिकसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो । पोखरेल भने तत्कालीन अवस्थामा त्रिवि भन्सार कार्यालयका प्रमुख प्रशासक थिए ।
अख्तियारले ७ करोड ७८ लाख विगो माग दाबी गरेको छ । चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो ।
२०७९ पुसमा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
यही प्रकरणमा महरा यसअघि पक्राउ परेका भए पनि उच्च अदालतले मागेको धरौटी बुझाएर उनी केही महिना अघि मात्र रिहा भएका थिए ।
































