बालेन नेतृत्वको नयाँ सरकार बनेसँगै पूर्वप्रधानमन्त्रीहरूसहित विभिन्न व्यक्तिहरूमाथिको अनुसन्धानलाई सरकारले तीब्रता दिइरहँदा एक विचौलियाको पासपोर्ट रोक्का गरिएको छ ।
विगतका सत्तामा सरकार निर्माण गर्नेदेखि गिराउनेसम्मको काममा सक्रिय रहेका विचौलिया दीपक भट्टको राहदानी रोक्का गरिएको जनाइएको छ । अध्यागमन विभागले व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरेको हो । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसूचीमा राखेको जनाइएको छ । अध्यागमन विभागले भट्टको पासपोर्ट रोक्का गरेको जनाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा भट्टको पासपोर्ट रोक्का गरिएको अध्यागमन विभागले जनाएको छ ।भट्को पासपोर्ट रोक्का भएसँगै उनी त्रिविवि अन्तरािष्ट्रय विमानस्थलको बाटो प्रयोग गरेर विदेश उडान गर्न सक्ने छैनन् ।
बिज्ञापन
भट्ट विगतमा सुरक्षा निकायको बन्दोबस्तीका सामग्री तथा हातहतियार आपूर्तिकर्तादेखि जलस्रोत क्षेत्रमा विदेशी कम्पनी ल्याउने कन्सल्ट्यान्टसम्मको भूमिकामा सक्रिय थिए । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट नेपालका ठूला जलविद्युत् आयोजनाको ठेक्कामा जोडिन्छन् । खासगरी, भारतीय र चिनियाँ कम्पनीलाई नेपाल विद्युत् प्राधिकरणसम्म जोड्ने कन्सल्ट्यान्टको रूपमा भट्ट जोडिएका थिए ।
त्यसैको उपज धितोपत्र वोर्ड,राष्ट्र बैंक,बीमा प्राधिकरणका प्रमुखहरुको नियुक्तिमा उनै भट्ट हाबी हुँदै आएका थिए । कतिसम्म भने उनी सरकार बनाउने र गिराउने सूत्राधार समेत रहेको जानकारहरु बताउँछन् । रोचक त भट्टकै इच्छा अनुसार नचल्दा कतिपय मन्त्रीहरु बर्खास्त गरेको भट्टमाथि आरोप लाग्ने गरेको छ ।


























