सामान्य प्रशासनको लाचारी : १४५ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार १४५ वटा गाउँपालिकामा अझैं दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउन बाँकी रहेको छ । ७ सय ५३ स्थानीय तहमध्ये अहिले पनि १४५ स्थानीय तहमा दरबन्दी बमोजिमको प्रमुख प्रशासकीय अधिकृत नरहेको सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले जनाएका छन् । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्त दिँदा वित्तीय अनुशासन कमजोर भएको भन्ने विभिन्न नियामक निकायका प्रतिवेदनमा उल्लेख हुँदै आएकोमा त्यसलाई अन्त्य गरी स्वीकृत दरबन्दी अनुरूपको कर्मचारी खटाउन सुरू गरिएकोमा हाल १४५ स्थानीय तहमा दरबन्दी बमोजिमको प्रमुख प्रशासकीय अधिकृत खटाउन बाँकी रहेको मन्त्री खनालले जनाएका छन् ।

बिज्ञापन

संघीय सरकारको अकर्मण्यता साथै केही पालिकाका जनप्रतिनिधि र कर्मचारीको व्यवहारका कारण १४५ स्थानीय सरकार निमित्त प्रशासकीय प्रमुखको भरमा छन्, जसको प्रत्यक्ष प्रभाव सेवाग्राही र विकास निर्माणका काममा परेको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार देशका ७५३ स्थानीय तहमध्ये झण्डै २० प्रतिशत स्थानीय तहमा निमित्तको राज चलिरहेको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अभाव देखाएर स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन होडबाजी नै चलेको थियो । स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृत संघले खटाउने व्यवस्था रहँदै आएको छ । यसरी संघले खटाएका कतिपय कर्मचारीहरु स्थानीय तहले हाजिर गर्न नमान्ने,आफैंले रोजेको कर्मचारीमात्र चाहिने परिपाटीका कारण पनि मन्त्रालयले दरबन्दी अनुसारको कर्मचारी खटन पटन गर्न नसकेको मन्त्रालयका अधिकारीहरु जनाउँछन् । मन्त्रालयले दरबन्दी अनुसारको कर्मचारी खटाउन नसकेपछि एक तह मुनीका अर्थात बढुवाको मुखमा रहेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउँदा समेत समस्या निराकरण गर्न सकेको छैन ।

यसरी खटाउन नसक्दा कतिपय स्थानीय तहका कर्मचारीहरुले फागुनदेखिको तलब समेत खान नपाएको गुनासो गरेका छन् । त्यहीमध्येको हो जुम्लाको तिला गाउँपालिका । जहाँ चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । यस अघि सो पालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका सुरेश भट्टराई सरुवा भए यता नयाँ प्रमुख प्रशासकीय अधिकृत नपाइँदा सो पालिका प्रमुख प्रशासकीय अधिकृतविहिन हुन पुगेको हो ।

बिज्ञापन

सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतको रिक्त स्थानमा सम्बन्धित मन्त्रालयले अर्को कर्मचारी नपठाएपछि गाउँपालिकाको दैनिक कामकाज नै प्रभावित भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताएका छन् । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा फागुनदेखि कर्मचारीको तलबसमेत निकासा हुन सकेको छैन ।

प्रशासकीय अधिकृत नहुँदा कतिपय सम्पन्न भइसकेका योजनाको भुक्तानीलगायतका काम ठप्प छन् । सम्बन्धित मन्त्रालयसँग प्रशासकीय अधिकृत पठाइदिन गाउँपालिकादेखि पत्र पठाएपनि सुनुवाइ नभएको गुनासो छ । नयाँ सरकार गठन भएपछि मात्र प्रमुख प्रशासकीय अधिकृत पठाउने भनी मन्त्रालयबाट जवाफ पाएको गाउँपालिका अध्यक्ष रोकायाले बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनको लाचारी : १४५ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

ब्युरोक्रेसी सुधारमा हतार होइन, विवेक आवश्यक

१६ अर्बको ठेक्का, निगरानी आफ्नै पूर्वकम्पनीसँग जोडिएको इन्जिनियरको: मन्त्रालयको निर्णय विवादमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

बिशेष