रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

वरिष्ठ अर्थशास्त्री केशव आचार्यको निधन भएको छ । ब्रेन स्ट्रोकपछि बेहोस भएका आचार्यको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक तथा अर्थ मन्त्रालयका तत्कालीन वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा काम गरेका आचार्यलाई अघिल्लो मंगलबार ब्रेन स्ट्रोकको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज बिहान ९ः५५ बजे निधन भएको हो ।

बिज्ञापन

मृतक आचार्यलाई अन्नपूर्ण न्युरोबाट आज ओम हस्पिटलमा सारिने र भोलि दाहसंस्कार गरिने उनको परिवारले जानकारी दिएको छ ।

बिज्ञापन

आचार्य २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले घोषणा गरेको बजेटमा उल्लिखित ‘एक सय रुपैयाँको वृद्ध भत्ता’ र ‘आफ्नो गाउँ आफैँ बनाऔं’ कार्यक्रम टोलीका सदस्य थिए । राष्ट्र बैंकबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मुख्यालय,वासिङ्ग्टन डिसीमा वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा दुई वर्ष काम गरेका थिए ।

आचार्यको श्रीमती, एक छोरा र एक छोरी छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष