एक सर्को बिँडी

वर्षौँअघि
आमाको काजकाम गर्न भनेर
लिएर तिर्न नसकेको ऋण र
बुझाउन नसकेको साहु
दिनहुँ मेरो आधा खल्बलिएको मस्तिष्कलाई
अझै जोडजोडले हल्लाउँछन्, घुमाउँछन्
र पानीपानी बनाउँछन्
मेरो मनलाई
जो आँखाको बाटो भएर
कसैले नदेख्ने गरी
राती चुहिन्छ
सिरानीमा तप्पतप्प
र ओभानो रहँदैन त्यो सिरानी

बिज्ञापन

अनौठो शान्तिमा पनि
टिकटिक गर्दै एकनासले
त्यो भित्ताको घडीमा
समय घुमेकै घुमेको छ
एक प्रहरको अत्यासलाग्दो शान्तिपश्चात्
थकित आँखाहरू ओभाउन थाल्छन्
र चिसिएको मनले
केही राहत खोज्न थाल्छ
म छामछाम, छुमछुम गर्दै
सिरानीमुनिबाट
दिउँसोको बाँकी बिँडीको ठुटो झिक्छु
र सल्काउँछु
यो फोक्सोको बाटो भएर
चिसो तुसारोले कठ्याङ्ग्रिएको
मुटुलाई सेक्न।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

बिशेष