अदालतको आदेश अटेर गर्ने मालपोत प्रमुखलाई जेल सजाय

काठमाडौँ । अदालतको आदेशलाई लामो समयसम्म अटेरी गर्दै आएको भन्दै उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख गणेशप्रसाद अर्याललाई अदालतको अवहेलनामा दोषी ठहर गरेको छ ।

बिज्ञापन

कामु मुख्य न्यायाधीश टेकनारायण कँवर र न्यायाधीश कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले अर्याललाई न्याय प्रशासन ऐन, २०६३ अनुसार एक महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

बिज्ञापन

फैसलामा अदालतको स्पष्ट आदेश हुँदाहुँदै पनि त्यसको कार्यान्वयन नगरी आदेशको अवज्ञा गरेको पुष्टि भएको उल्लेख छ । आदेशमा भनिएको छ— अदालतको निर्देशनलाई बेवास्ता गर्ने प्रवृत्तिले न्याय प्रशासनमाथि गम्भीर असर पार्ने भएकाले कडा कारबाही आवश्यक देखिएको हो ।

मालपोत प्रमुख अर्यालविरुद्ध धनुषा निवासी रामरती देवीले आफ्नो जग्गा दर्ता गराइदिन माग गर्दै दिएको निवेदन छ वर्षसम्म टुंगो नलागेपछि उच्च अदालतको ढोका ढकढक्याएकी थिइन् । अदालतले उक्त निवेदनमा सुनुवाइ गर्दै एक महिनाभित्र जग्गा दर्ता गर्न परमादेश जारी गरेको थियो ।

बिज्ञापन

तर अदालतको आदेश जारी भएको करिब डेढ वर्ष बितिसक्दा पनि कार्यान्वयन नगरेपछि पीडितले अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । सोही मुद्दामा अदालतले मालपोत प्रमुखलाई कैद र जरिवानाको सजाय सुनाएको हो ।

यसै कार्यालयसँग सम्बन्धित अर्को अवहेलनाको मुद्दामा पनि अदालतले अर्याललाई पाँच सय रुपैयाँ जरिवाना गरिसकेको तथ्य फैसलामा उल्लेख छ । अदालतले आदेशमा उचित कारणसहित पूर्व आदेश कार्यान्वयन गरी चित्तबुझ्दो निवेदन पेश गरेमा सजाय माफी हुन सक्ने व्यवस्था पनि स्मरण गराएको छ ।

न्यायिक आदेशको अवहेलना पटकपटक दोहोरिएमा सजाय क्रमशः बढ्दै जाने कानुनी व्यवस्था रहेको भन्दै अदालतले सम्बन्धित निकायलाई गम्भीर हुन चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

नवलपरासी प्रशासनले रोक्यो रवि लामिछानेको चुनावी कार्यक्रम

अदालतको आदेश अटेर गर्ने मालपोत प्रमुखलाई जेल सजाय

क्रोनी क्यापिटलिज्म

१० प्रतिशत कमिसनको कुरा बाहिरिएपछि सडकमा खैलाबैला

जाँचबुझ आयोगको प्रतिवेदन चुनाव अगाडि नआउने

भ्रष्टाचार रोक्न सरकार चुक्दा अख्तियार मैदानमा उत्रिन्छ : राई

जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप्ने तयारी

बिशेष