क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माण प्रकरणमा भ्रष्टाचारको अभियोग खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी थुनामै रहने भएका छन्। सर्वोच्च अदालतले अधिकारीको थुनामुक्ति माग अस्वीकार गर्दै विशेष अदालतको आदेशलाई सदर गरेको हो।

बिज्ञापन

शुक्रबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामै राख्ने विशेष अदालतको निर्णयलाई कायम राख्ने फैसला सुनाएको हो। यससँगै अधिकारीले थुनाबाहिर बसेर मुद्दा लड्ने प्रयास असफल भएको छ।

बिज्ञापन

नलिञ्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको ठहर गर्दै विशेष अदालतले मंसिर २१ गते अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ६ जना व्यक्ति र एउटा कम्पनीविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘किताबखानाका ती दिन’

सहसचिव पौडेल,उपसचिव पाण्डे र कम्युटर अपरेटर थापालाई पुरस्कृत गर्न सिफारिस

कर्मचारीतन्त्रमा आमूल सुधारको प्रस्ताव : मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि राख्ने सुझाव

सुशासन ब्लुप्रिन्ट : नागरिकको हातमा सरकारका अवसर र चुनौतीहरु

कार्की आयोगको प्रतिवेदन : एआइजी शाहलाई एकै साथ कारवाही र पुरस्कारको सिफारिस

‘घुँडातल रबरको गोली चलाउने मौखिक आदेश दिएको थिएँ’ : तत्कालीन सिडिओ रिजाल

प्रधानमन्त्रीको राजीनामापछि नियन्त्रण बाहिर गयो अवस्था : तत्कालीन मुख्य सचिव अर्याल

रसुवामा डिब्बा दुर्घटना: एकको मृत्यु, एक घाइते

बिशेष