सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिका लागि निवेदन आव्हान गरेको छ । मन्त्रालयले थाइल्याण्ड सरकारद्धारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई उपलब्ध गराउने अध्ययन वा तालिम छात्रवृत्तिका लागि मन्त्रालय वा अन्तर्गतका निकाय वा स्थानीय तहमा कार्यरत कर्मचारीहरूसँग आवेदन आह्वान गरेको हो ।
बिज्ञापन
गत १९ माघमा मुख्य सचिव सुमन अर्यालको अध्यक्षतामा बसेको बैठकले निजामती सेवाका कर्मचारीहरुलाई थाइल्याण्ड इन्टरनेशनल को अपरेसनबाट प्राप्त हुने छात्रवृत्ति कार्यक्रमको बाँडफाँड गरेको हो । जसमा दुई बर्षे स्नातकोत्तर कार्यक्रमका लागि ६६ जना निजामती कर्मचारीहरुलाई पठाइने भएको छ । सो कार्यक्रमका बाँडफाँड हुँदा सबैभन्दा बढी स्वास्थ्य सेवा र नेपाल इन्जिनियरिङ सेवा तथा समूहका कर्मचारीहरुलाई वैदेशिक अध्ययनका लागि कोटा छुट्टाइएको छ ।
जस अनुसार, नेपाल प्रशासन सेवाका ३,नेपाल इन्जिनियरिङ सेवाका १२,नेपाल वन सेवाका ३ र कृषि सेवाका ६, नेपाल स्वास्थ्य सेवाका ३३,नेपाल तथ्यांक सेवाका ३,नेपाल प्रशासन सेवा विविध समूह ६ र नेपाल परराष्ट्र सेवाका ३ गरी विभिन्न २२ शीर्षकमा ६६ जना कर्मचारीलाई दुई बर्ष अध्ययनका लागि थाइल्याण्डमा पठाउने भएका हुँदा मनोनयन गरी पठाउन मन्त्रालयले आग्रह गरेको छ ।


























