भन्सारमा घुस लेनदेनको आरोप, तीन कर्मचारी रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयअन्तर्गतको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृतसहित तीन जना कर्मचारीलाई घुस/रिसवत तथा स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ।

बिज्ञापन

कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउने क्रममा सेवाग्राहीसँग अवैध रूपमा रकम असुली भइरहेको भन्ने उजुरीका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले आइतबार डिल्लीबजारस्थित गोश्वरा हुलाक कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

नियन्त्रणमा पर्नेमा भन्सार अधिकृत ईन्द्र न्यौपाने, वैदेशिक हुलाक भन्सार शाखाकै कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागको गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाल रहेका छन्।

अख्तियारका अनुसार अनुसन्धानका क्रममा कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइएको १० हजार रुपैयाँसहित स्रोत नखुलेको नगद बरामद गरिएको हो। निजको साथबाट थप स्रोत नखुलेको रकमसमेत गरी कुल १ लाख ४६ हजार ४२० रुपैयाँ फेला परेको आयोगले जनाएको छ।

बिज्ञापन

त्यसैगरी नायब सुब्बा रिजालको साथबाट घुस/रिसवतबापत लिइएको २० हजार रुपैयाँ तथा स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ गरी जम्मा ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको छ।

अख्तियारले अन्य स्रोत नखुलेको नगदसमेत जोड्दा कुल २ लाख ६८ हजार २८८ रुपैयाँ नियन्त्रणमा लिइएको जनाएको छ। साथै विभिन्न व्यक्तिबाट संकलन गरिएका २३ थान मोबाइल सेटसमेत बरामद गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

हाल नियन्त्रणमा लिइएका तीनै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कीर्ते कागजातको भरमा नियुक्ति,मन्त्री र सचिवलाई उन्मुक्ति

६ जना डिग्री होल्डर समेत निर्वाचन प्रहरीमा भर्ना

भन्सारमा घुस लेनदेनको आरोप, तीन कर्मचारी रंगेहात पक्राउ

गृहमा अनेकन गडबडी

दक्षिण कोरियाली रोजगारीमा नकरात्मक असर पर्ने गतिविधि नगर्न श्रम मन्त्रालयको आग्रह

 भेनेजुएलाः राजनीतिक पतनदेखि भू–राजनीतिक संघर्षसम्म

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

बिशेष