लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

सुर्खेत । लोकसेवा आयोगको सुर्खेत कार्यालयले सञ्चालन गरेको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा नक्कली परीक्षार्थीको धन्दामा फस्दा १२ जना प्रहरी नियन्त्रणमा परेका छन्।

बिज्ञापन

शनिबार सम्पन्न परीक्षामा आर्थिक लेनदेन गरी अर्काको नाममा परीक्षा दिने र दिलाउने गिरोह सक्रिय रहेको खुलासा भएपछि प्रहरी कारबाहीमा उत्रिएको हो। नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर हेरफेर गरी किर्ते कागजातसहित परीक्षामा सहभागी भएका व्यक्तिहरूलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहनजंग बुढथापाका अनुसार पक्राउ परेकामाथि लिखत किर्ते तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका जाजरकोट, दैलेख र सुर्खेतका विभिन्न स्थानका चार जना युवालाई पहिलो चरणमा नियन्त्रणमा लिइएको हो। उनीहरूसँगै वास्तविक परीक्षार्थी तथा परीक्षामा संलग्न गराउने व्यक्तिहरू पनि पक्राउ परेका छन्।

बिज्ञापन

त्यस्तै, नक्कली परीक्षार्थीको व्यवस्था मिलाउने र बिचौलियाको भूमिकामा काम गर्ने एक जनासहित कुल १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ।

लोकसेवा आयोगको परीक्षाजस्तो संवेदनशील प्रक्रियामा यस प्रकारको अनियमितता हुनु गम्भीर विषय भएको भन्दै प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाएको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवा भन्सारमा ‘दररेटको साम्राज्य’: राजस्व रित्तिँदै, कर्मचारी मालामाल

मन्त्रिपरिषद्को बैठकको निर्णय : प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

भौतिक मन्त्री बन्न ‘त्रिपक्षीय भिडन्त’

निजामती कर्मचारीको बढुवामा अत्याधिक जाम,सुव्वाबाट अधिकृत हुन १८ बर्ष

सुनेको शासन, भोगेको प्रशासन

‘राजदूत कोठा’बाट बल्ल बाहिरिए अर्काे महामहिम

सुशीला कार्कीको ‘कुशासन’ : पीएलाई तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति

बहुराष्ट्रिय कम्पनीका ख्याति चोर्ने दाउमा दर्जन नेपाली कम्पनी,सरकारले दियो साताको अल्टिमेटम

बिशेष