एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

एउटा सरकारी अफिसमा दुई जना कार्यालय प्रमुख । साधरणतया एउटा सरकारी कार्यालयमा एक जना मात्र हाकिम हुन्छन् । तर ललितपुरस्थित एउटा सरकारी कार्यालयमा दुई जना हाकिम छन् । उनी दुबै जना हाजिर भइरहेका छन् । उद्योग तथा वाणिज्य कार्यालय, ललितपुरबाट तीन साता अगाडि नै सरुवा भएका कार्यालय प्रमुखले उक्त कार्यालय नछोड्दा र रमाना लिन नमान्दा र नयाँ कार्यालय प्रमुख दुबै जना हाजिर हुँदै आएका छन्,सो कार्यालयमा ।

बिज्ञापन

बागमती प्रदेश सरकारले प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत नवौं तहका कर्मचारीहरु सरुवा गर्दा उद्योग तथा वाणिज्य कार्यालय, ललितपुरका प्रमुख सन्तोष मोक्तानलाई स्वास्थ्य मन्त्रालय,मकवानपुरमा खटाएर त्यहाँ यातायात व्यवस्था कार्यालय खुर्कोटबाट तारा किरण राईलाई खटाएको थियो गत पुस २२ मा । यसरी सरुवा भएको तीन साता बढी समय व्यतित भइसक्दा समेत राजनीतिक आडमा सन्तोष मोक्तानले कार्यालय छाड्न नमानेपछि त्यहाँ समस्या उत्पन्न भएको छ ।
मोक्तानले भने आफ्नो घरको फिनिसिङको काम चलिरहेका कारण अझैं केही दिन सोअी कार्यालयमा बस्ने इच्छा जाहेर गरेका छन् । रोचक चाहिँ यसरी सरुवा भइसकेका कार्यालय प्रमुखले रमाना नबुझि उल्टै नयाँ कार्यालय प्रमुख किरण राईलाई आवश्यक कारवाही गरिदिनु हुन भन्दै कारवाहीको सिफारिस गरेका छन् ।

बिज्ञापन

उनले उद्योग मन्त्रालयलाई सम्बोधन गर्दै लेखिएको पत्रमा कार्यालय प्रमुख घर बिदामा बसेको समयमा कार्यालय प्रमुखसँग सम्बन्वय नगरी अधिकृत नवौं तहका कर्मचारी तारा किरण राइले हाजिर गरेको देखिँदा कार्यालय सञ्चालनमा असहज भएको देखिँदा आवश्यक कारवाही गरी व्यवस्थापन गरिदिनुहुन अनुरोध छ लेखिएको छ ।

कर्मचारी सेवा, शर्त अनुसार सरुवा वा बढुवा पत्र प्राप्त भएको मितिले २१ दिनभित्र रमाना लिनुपर्ने व्यवस्था छ । तर,रमाना नलिइकन उल्टै सोही कार्यालयमा बसेर रजगज गर्दै सरुवा भएर आएका कार्यालय प्रमुखलाई गरिएको कारवाहीलाई प्रदेश उद्योग मन्त्रालयका कर्मचारीहरुले हास्यस्पद् भएको टिप्पणी गरेका छन् ।

बिज्ञापन

यो बिषयमा कर्मचारी प्रेसले प्रदेशका प्रमुख सचिव वावुराम अधिकारीसँग जिज्ञासा राख्दा आफूले हालैमात्र प्रदेश मन्त्रालयका सबै सचिवहरुलाई परिपत्रै गरेर सरुवा भए लगतै रमाना लिने व्यवस्था मिलाउन परिपत्र गरिएको उल्लेख गरे । रमाना लिएर आफ्नो ठाउँमा नजाने कर्मचारीमाथि कारवाही हुने समेत उनले जनाएका छन् ।

यो यही कार्यालय हो,जहाँ राजदरबार तथा राजपरिवारको महत्वपूर्ण तक्मा विभूषणहरु राखिँदै आएको छ । सो कार्यालयका केही कर्मचारीहरु मिलेर तक्मा र विभुषणमा गडबडी गरिरहेको उजुरी अख्तियारदेखि सतर्कता केन्द्रसम्म विचराधिन रहेको छ ।

यसरी सरुवा भइसकेका सन्तोष मोक्तानकै अग्रसरतामा कागजी कार्यक्रम मात्र गरेर लाखौंको विल भुक्तानी प्रक्रिया अगाडि बढाइएको बिषय समेत अहिले उठ्न थालेको छ । हालैमात्र सावुन तथा सर्फको तालिम शीर्षकमा कागजी कार्यक्रम गरेर विल भुक्तानी प्रक्रिया अगाडि बढाइएको बिषयमा प्रश्न उठ्न थालेको छ ।सो कार्यालयले साबुन सर्फको तालिम शीर्षकमा कार्यक्रमै नगरी लाखौं रकम भुक्तानी प्रक्रिया अगाडि बढाएको बिषयले कोलनिका ललितपुर समेत तातेको छ ।

सो बिषयमा सूचना अधिकारी लेखनाथ खतिवडासँग जिज्ञासा राख्दा कार्यक्रम गरेर भुक्तानी प्रक्रिया अगाडि बढाइएको र कागजी कार्यक्रम भन्ने आरोप असत्य भएको प्रतिक्रिया दिएका छन् ।

यस बिषयमा ललितपुर कोलनिकाका प्रमुख युवराज आचार्यसँग जिज्ञासा राख्दा आफू अहिले बाहिर रहेको भन्दै प्रतिक्रिया दिन इन्कार गरे ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

सरकारी कर्मचारीद्वारा आचारसंहिता उल्लङ्घन, निर्वाचन कार्यालयले सोध्यो स्पष्टीकरण

प्रतिनिधिसभा निर्वाचन आचारसंहिताः राजनीतिक नैतिकता, उत्तरदायित्व र सुशासनप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीक 

बिशेष