व्यङ्ग्यको ऐनामा समाज : इतिश्री उवाच

डा. सुमनराज ताम्राकारको हास्यव्यङग्य संग्रह `इतिश्री उवाच´ नेपाली व्यङ्ग्य साहित्यमा नयाँ प्राप्ति हो । इतिश्री उवाचलाई सतहमा हेर्दा हास्य–व्यङ्ग्य संग्रहजस्तो मात्र देखिए पनि यो पुस्तक व्यङ्ग्यात्मक र प्रश्नमुखी छ । समाजमा जरा गाडेर बसेका ढोंग, राजनीतिक क्षेत्रमा रहेकोे बेतिथि र कतिपय खोक्रोपनलाई लेखकले तीखो तर सुसंस्कृत व्यङ्ग्य गर्दै बेथितिको सुधार हुनुपर्छ भन्ने सर्तमा यो कृति उभिएको छ ।
कृतिमा देखिने पात्र, घटना र प्रसङ्गहरूले कतै टेलिसिरियल सम्झाइदिन्छन्, कतै समकालीन नेपाली राजनीति र सामाजिक व्यवहारको अमिल्दोपन आँखा अगाडि प्रस्तुत भएझै लाग्छ ।

बिज्ञापन

इतिश्री उवाचका व्यङ्ग्यहरूले हाँस्नका लागि मात्र प्रेरित गर्दैनन् सोच्न बाध्य पार्छ्न । हरेक रचनामा केही प्रश्न लुकेको छ—हामी आफैँ कति ठिक छौँ ? कति सचेत छौँ ? कतै भीडको नक्कलमा बगिरहेका त छैनौं ? यही प्रश्न–बोध नै यस कृतिको शक्ति हो ।

बिज्ञापन

भाषा सरल छ तर अर्थ गहिरो । कतै चोटिलो कटाक्ष छ, कतै गम्भीर । यौन, जीवनशैली, सामाजिक विसङ्गति, मानवीय गुण–दोषलाई लेखकले व्यंग्यको विषय बनाएका छन् । डा. सुमनराज ताम्राकारको लामो लेखकीय अनुभव छ । जुन अनुभव इतिश्री उवाचमा स्पष्ट रूपमा झल्किएको छ ।

नेपाली व्यङ्ग्य साहित्यमा रुचि राख्ने पाठकका लागि मात्र होइन, समाजलाई अलि फरक आँखाले हेर्न चाहने सबैका लागि इतिश्री उवाच एक अर्थपूर्ण पुस्तक हो ।पनौतिका चार्डपर्वहरू र मकरमेला,गठेमङमल ( लघुकथा संग्रह ) , सांस्कृतिक धरोहर ( खण्ड १) नेवा नसा: ( नेवारी परिकार सम्बन्धि पुस्तक ), मात्र यौनका कुरा ( यौन स्वास्थ ) जस्ता पुस्तकका लेखक ताम्राकारको यो पछिल्लो पुस्तक हो ।

बिज्ञापन

डा . सुमनराज ताम्राकारको पनौती नगरपालिका , काभ्रे स्थायी ठेगाना हो । उनले प्रथम भरतराज पत्रकारिता पुरस्कार ( २०५६) , जनमत सम्मान ( २०७८) , सयपत्री सम्मान ( २०७९) प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष