वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेसहित तीन जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ। उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुनेछ।

बिज्ञापन

विशेष अदालतले यसअघि घुस प्रकरणमा दोषी ठहर गर्दै पाण्डेलाई दुई वर्ष कैद र तीन लाख ३३ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। त्यस्तै, सोही मुद्दामा विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई जनही तीन लाख ३३ हजार रुपैयाँ जरिवाना तथा कैद सजाय तोकिएको थियो।

बिज्ञापन

वैदेशिक रोजगार न्यायाधिकरणमा विचाराधीन मुद्दा मिलाइदिने प्रलोभन देखाउँदै एक म्यानपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई पक्राउ गरेको थियो। अख्तियारले २०७४ साल पुस ४ गते उनीहरूमाथि औपचारिक रूपमा मुद्दा दायर गरेको थियो।

२०७७ सालमा विशेष अदालतले तीनै जनालाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरेपछि उनीहरूले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए। अब सोही पुनरावेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूत्र ज्योतिषबारे थोरै चर्चा

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

यी हुन् सरकारको पैसा लिएर फिर्ता नगर्ने ९ कर्मचारी

सेवा समूह नमिल्ने र दरबन्दी नभएको ठाउँमा अधिकृतको सरुवा,कारवाहीको माग गर्दै केन्द्रमा उजुरी

मोहन आचार्यको पौने करोड महिन्द्रा गाडी चढेर उनीसँगै प्रतिष्प्रर्धा गरिरहेका प्रेम तमाङ

छ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

जेन्जी आन्दोलनको सन्देश : रसुवालाई अब नयाँ नेतृत्व चाहिन्छ

कोरला नाकामा चोरी निकासी–पैठारी पूर्ण नियन्त्रणमा, भेप तस्करको भागाभाग

बिशेष