चार शाखा अधिकृत उपसचिव सिफारिस

काठमाडौं — सरकारले विभिन्न सेवाका चार जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार रिक्त उपसचिव पदमा कार्यक्षमताको मूल्याङ्कनका आधारमा बढुवा अघि बढाइएको हो।

बिज्ञापन

बढुवा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवातर्फ जियोलोजी समूह (जनरल जियोलोजी उपसमूह) बाट एक जना, सर्भे समूहबाट दुई जना तथा नेपाल कृषि सेवा अन्तर्गत कृषि प्रसार समूहबाट एक जना शाखा अधिकृत उपसचिव पदका लागि सिफारिस भएका छन्।

बिज्ञापन

सिफारिस सूचीमा सौनक भण्डारी, रामकुमार बस्नेत, शिवकुमार जोशी र शोभा ढकाल रहेका छन्।

मन्त्रालयका अनुसार बढुवा प्रक्रिया प्रचलित कानुनी व्यवस्था र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा सम्पन्न गरिएको हो। अब औपचारिक प्रक्रिया पूरा भएपछि उनीहरूले उपसचिवको जिम्मेवारी सम्हाल्नेछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

सहसचिव पौडेल,उपसचिव पाण्डे र कम्युटर अपरेटर थापालाई पुरस्कृत गर्न सिफारिस

कर्मचारीतन्त्रमा आमूल सुधारको प्रस्ताव : मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि राख्ने सुझाव

सुशासन ब्लुप्रिन्ट : नागरिकको हातमा सरकारका अवसर र चुनौतीहरु

बिशेष