बढुवा समितिको सचिवालयले थप पाँच जना अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।
बिज्ञापन
समितिको हिजो बसेको बैठकले प्राविधिक सेवाका पाँच अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।
जसअनुसार,नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट आरती श्रेष्ठ र प्रकाश न्यौपाने बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै, नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,वि एण्ड आर्क उपसमूहबाट सुरेन्द्र वैद्य र नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह,इरिगेसन उपसमूहबाट निशा बैदार र जमुना परियार बढुवाका लागि सिफारिस भएका छन् ।
समितिले यी पाँचै अधिकृतहरुलाई कार्यक्षमताका आधारमा बढुवा सिफारिस गरेको जनाएको छ ।


























