१४ उपसचिवको सरुवा: मालपोतबाट सामान्यको जगेडामा रहेका भट्टराई र घिमिरे पुगे जिसस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिवको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत कमला पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योगबाट जुनु हमाल ढकाललाई गृह मन्त्रालय,परराष्ट्रबाट दुर्गा भुसाललाई उद्योग मन्त्रालय,प्रधानमन्त्री कार्यालयबाट कला कुमारी गैह्रेलाई सामान्यको अतिरिक्त समूह,सामान्यको बरण्डामा रहेका बासुदेव खनाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

बिज्ञापन

यस्तै,सामान्यको अतिरिक्त समूहमा रहेका प्रकाश देवकोटालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ भने गल्याङ नगरपालिका स्याङ्जाबाट भविश्वर घिमिरे गृहमा भित्रिएका छन् । सरुवाको सूची अनुसार,प्रविण ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीबाट जिसस स्याङ्जा,सामान्यको अतिरिक्त समूहमा रहेका माधव घिमिरेलाई जिसस संखुवासभा,अशोक कुमार भट्टराईलाई जिसस भोजपुरमा खटाइएको छ । घिमिरे भक्तपुर मालपोत र भट्टराई ललितपुर मालपोतबाट हालैमात्र सामान्यमा तानिएका हुन । भूमि मन्त्रीले नै उनीहरुलाई दुर्गममा पठाउन निर्देशन दिए अनुसार जिससतिर लखेटिएका छन् । यी दुबै भाइ सरुवा वदरको माग राखेर हालै प्रशासकीय अदालत पुगेका छन् ।

यस्तै,बहुदरमाइ नगरपालिकाबाट सिकिन्द्र साह सामान्यको अतिरिक्त समूहमा तानिएका छन् भने वराहक्षेत्र नगरपालिकाबाट मनोज ठाकुर जिसस सुनसरी,सिद्धिचरण नगरपालिकाबाट किसान न्यौपाने लोकसेवा आयोग,गुजारा नगरपालिकाबाट शान्ति विक सरुवा भएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

बिशेष