न्याय सेवा आयोगले उपसचिव,सहसचिवदेखि सचिव तहका कर्मचारीहरुको सरुवा गरेको छ ।
बिज्ञापन
आयोगको आज बिहान बसेको बैठकले उपसचिवस्तरका ४४,तीन जना सहसचिव,एक सचिवको सरुवा गरेको हो ।
जस अनुसार उद्धव प्रसाद पुडासैनीलाई महान्यायधिवक्ताको कार्यालयमा,नायब महान्यायधिवक्ताको जिम्मेवारीमा सरुवा गरेको छ । पुडासैनीलाई वेपत्ता पारिएको व्यक्तिहरुको छानबिन आयोगबाट महान्यायधिवक्तको कार्यालयमा सरुवा गरिएको हो ।
यस्तै आयोगले हालैमात्र सचिवमा बढुवा भएका ध्रुवबहादुर चौहानलाई वेपत्ता पारिएको व्यक्तिहरुको छानबिन आयोगमा पठाएको छ । महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) सूर्यराज दाहाल अनिवार्य अवकाशमा गगएसँगै ध्रुवकुमार चौहान विशिष्ट श्रेणी सचिव बन्ने बाटो खुलेको हो ।
बिज्ञापन
यस्तै,सरकारी वकिलतर्फ पूजा खत्रीलाई उच्च सरकारी वकिलको कार्यालय हेटौंडामा सहमहान्यायधिवक्तको जिम्मेवारी दिएर पठाइएको छ भने त्यहाँ कार्यरत रहेका अशोकराज रेग्मीलाई उच्च सरकारी वकिलको कार्यालय जनकपुर र जनकपुरमा कार्यरत विवेक कुमार वराललाई सहमहान्यायधिवक्तको जिम्मेवारीसहित महान्यायधिवक्ताको कार्यालयमा ल्याइएको छ ।
यस्तै आयोगले उपसचिवस्तरका ४४ कर्मचारीहरुको सरुवा गरेको छ ।




























