सशस्त्रमा ६ डीआईजीको पद रिक्त, १४ एसएसपीबीच प्रतिस्पर्धा

काठमाडौं । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डीआईजी) का ६ पद रिक्त भएका छन् । रिक्त पदमा बढुवाका लगि १४ एसएसपीबीच प्रतिस्पर्धा छ ।

बिज्ञापन

डीआईजीहरु कमल गिरी, शम्भु सुवेदी र कुलबिक्रम नेम्वाङले डीआइजीको पाँच वर्षे पदावधिका कारण बिहीबारदेखि अवकाश पाएसँगै ६ पद रिक्त भएका हुन्। यसअघि थप गरिएका तीन पदमा पनि बढुवा गरिएको छैन ।

बिज्ञापन

६ मध्ये एक पद कानून निर्देशनालयतर्फ र बाँकी ५ वटा प्रशासनतर्फ छन् । कानूनतर्फ एसएसपी युवराज अर्याल एक्लो दाबेदार हुन् । नाता पर्ने गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रभावमा पारेर उनले आफ्नो लागि दरबन्दी थपेको आरोप लागेको छ ।

 

बिज्ञापन

त्यस्तै, प्रशासनतर्फ मात्र १३ जना एसएसपीबिच पाँच पदका लागि प्रतिस्पर्धा हुनेछ। जसमा प्रबीण कँडेल, दिगबिजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधव पौडेल, उद्धव न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण डुंगाना र शंकर खनाल छन् ।उनीहरुमध्ये पहिलो नम्बरमा रहेका कँडेल नेपाल प्रहरीबाट स्थानान्तरण भएर आएको र कार्यसम्पादन पनि कमजोर रहेकाले उनको सम्भावना न्यून छ । बाँकी १२ जना सशस्त्र प्रहरीको सिंस २ का अधिकृत हुन्।यो ब्याचका दीपेन्द्र कुँवर र विष्णु भट्ट गत वर्ष नै डीआइजी भइसकेका छन् । यसपटक चुनावी सरकार भएकाले कार्यसम्पादनको निष्पक्षता हेरेर बढुवा हुने सम्भावना छ । यद्यपी केही एसएसपीहरु भने बढुवाको दौडधुपमा लागिसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको लिखित नतिजा सार्वजनिक,न्याय सेवाबाट ‘ह्याट्रिक हान्ने दाउमा’ केदार

सहसचिवको लिखित परीक्षामा १० उपसचिव उत्तीर्ण, ७ मात्र सिफारिस हुने

माघ २ देखि निर्वाचन आचारसंहिता लागू हुने, सरुवा,बढुवा र नियुक्तिमा लाग्नेछ लगाम

४४ उपसचिव,३ सहसचिव र दुई सचिवको सरुवा

रंगिला हाकिमलाई उपमहानगरपालिकामा भित्र्याउन हतार

निर्वाचनका कारण परीक्षा : लोकसेवाले रोक्यो, त्रिविसेवा धमाधम तालिका निकाल्दै

लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनमध्य १८ प्रतिशतको मर्मत सम्पन्न,४८ प्रतिशत अझैं भग्नावशेष

बिशेष