बढुवा सिफारिस समितिले ८ शाखा अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
बिज्ञापन
समितिको हिजो बसेको बैठकले प्राविधिकतर्फका ८ जना शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
जस अनुसार,नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जियिरिङ समूह,जनरल उपसमूहबाट रामशरण आचार्य,सुमन गिरी,प्रवेश रेग्मी र सम्पत्त न्यौपाने गरी चार जना बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै, नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जियिरिङ समूह,हाइवे उपसमूह नरेश प्रसाद केशरी र किरण सुवेदी बढुवा सिफारिस हुँदा इन्जिनियरिङ सेवा,सिभिल इन्जियिरिङ समूह,स्यानिटरी उपसमूहबाट अंकितमान श्रेष्ठ र ज्योती तमाङ गरी तीन वटा उपमूहबाट आठ जना शाखा अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
समितिले यी शाखा अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।


























