नवौं तहका १६ कर्मचारीहरुको सरुवा,फेरिए यातायात र उद्योग कार्यालयका प्रमुखहरु

बाग्मती प्रदेश सरकारले नवौं तहका १६ जना अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

प्रदेश सरकारले विभिन्न यातायात कार्यालय र उद्योगका प्रमुखहरु हेरफेर गरेको हो । यसरी हेरफेर हुँदा काठमाडौंस्थित राधेराधे,कलकी,खुर्काेट,चितवन,मकवानपुरको यातायात कार्यालय प्रमुखहरु फेरिएका छन् भने प्रदेश मातहत रहेका उद्योग कार्यालयका प्रमुखहरु पनि परिवर्तन भएका छन् ।

बिज्ञापन

जस अनुसार श्रीकृष्ण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालयबाट उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंमा सरुवा भएका छन् ।

यस्तै यादवनाथ आचार्यलाई उद्योग मन्त्रालयबाट उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरमा खटाइएको छ । सो कार्यालय प्रमुख रहेका पुष्कर चन्द घिमिरेलाई सामाजिक विकास मन्त्रालय,आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सुरेश खनाललाई यातायात व्यवस्था कार्यालय कलंकीमा पठाइएको छ ।
कलंकीबाट रीता यादवलाई प्रदेश सुशासन केन्द्र,ललितपुरमा सरुवा गरिँदा सो केन्द्रबाट नुमानन्द अधिकारी आर्थिक मामिला तथा योजना मन्त्रालय पुगेका छन् ।
सरुवाको सूची अनुसार,सामाजिक विकास मन्त्रालयबाट अमृत अधिकारी यातायात व्यवस्था कार्यालय चितवन,सो कार्यालयका प्रमुख रहेका विष्णु कुमार भट्टराईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रायय,हेटौंडामा खटाइएको छ ।

बिज्ञापन

यस्तै,यातायात व्यवस्था कार्यालय खुर्काेटबाट तारा किरण राई उद्योग तथा वाणिज्य कार्यालय लतिपुर आइपुगेका छन् । सो कार्यालयको प्रमुख हुँदा राजदरबार तथा राजपरिवारको तक्मा विभूषणहरुमा गडबडी गरेको आरोप खेपिरहेका सन्तोष मोक्तान सरुवा भएर स्वास्थ्य मन्त्रालय,मकवानपुर पुगेका छन् ।

यस्तै,स्वास्थ्य मन्त्रालयबाट कुमार पोखरेल प्रदेश सभा सचिवालय,सचिवालयमा रहेका विनोद प्रधान सरुवा भएर संष्कृति पर्यटन मन्त्रालय हेटौंडा खटाइएको छ ।
यस्तै,प्रकाश अधिकारीलाई यातायात कार्यालय राधे राधेमा ल्याँइदा राधेराधेबाट डण्ड बहादुर बस्नेत प्रदेश सभा सचिवालय,श्रम मन्त्रायबाट विमल भट्टराई यातायात कार्यालय,मकवानपुरमा पठाइँदा सो कार्यालयबाट प्रविण श्रेष्ठ श्रम मन्त्रालयमा भित्रिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको लिखित परीक्षामा १० उपसचिव उत्तीर्ण, ७ मात्र सिफारिस हुने

माघ २ देखि निर्वाचन आचारसंहिता लागू हुने, सरुवा,बढुवा र नियुक्तिमा लाग्नेछ लगाम

४४ उपसचिव,३ सहसचिव र दुई सचिवको सरुवा

रंगिला हाकिमलाई उपमहानगरपालिकामा भित्र्याउन हतार

निर्वाचनका कारण परीक्षा : लोकसेवाले रोक्यो, त्रिविसेवा धमाधम तालिका निकाल्दै

लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनमध्य १८ प्रतिशतको मर्मत सम्पन्न,४८ प्रतिशत अझैं भग्नावशेष

निजामतीभित्र कति होलान नक्कली प्रमाणपत्रधारी ?

बिशेष