कीर्ते हाजिरी प्रकरणमा जोडिएका महानिर्देशक तानिए मन्त्रालय

कीर्ते प्रकरणमा प्रहरी अनुसन्धानको घेरामा रहेका एक सहसचिव मन्त्रालयमा तानिएका छन् ।

बिज्ञापन

पशु सेवा विभागका महानिर्देशकको भूमिकामा रहेका डा रामनन्दन तिवारीलाई हटाएर डा. उमेश दाहाललाई त्यहाँ पठाएका छन् ।

बिज्ञापन

डा तिवारीमाथि सोही विभागका उपसचिव डा नविन उपाध्यायको गैरहाजिरी गर्न सघाएको आरोप लाग्दै आएको छ । मान्छे अष्ट्रेलियामा हुँदा समेत नेपालमा उनको कीर्ते हाजिरी लगाइएको र उनलाई जोगाउनका लागि महानिर्देशक नै लागिपरेको बिषयमा कर्मचारी प्रेसमा समाचार प्रकाशन भएसँगै महानिर्देशक तिवारीमाथि कीर्ते हाजिरी गरिएको बिषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । यस्तै लामो समयसम्म गैरहाजिरीमा रहेका ती उपसचिवमाथि निलम्बनको प्रक्रिया अगाडि बढाउन उनी आवद्ध विभागले मन्त्रालयलाई लेखी पठाएको छ ।

पशु सेवा विभागले उपसचिव डा नविन उपाध्याय घिमिरे, जो नेपालमा कम विदेशमै बढी समय व्यतित गर्दै आएका थिए । उनी ८ महिना अगाडि अर्थात गत बर्ष चैत्रदेखि नेपालमा थिएनन् । विदेशमा बसेर सेकुवा बेच्दै आएका ती उपसचिवको नियमित हाजिरी भइरहेको बिषयमा प्रहरीले कीर्ते र निजामती ऐन अनुसार निलम्बन प्रक्रिया अगाडि बढाउने प्रक्रिया एकै पटक अगाडि बढेको थियो । प्रहरी अनुसन्धानमा तानिएका महानिर्देशक डा रामनन्दन तिवारीलाई मन्त्री मदन परियारले त्यहाँबाट मन्त्रालयमा तानेका हुन ।

बिज्ञापन

यसरी राज्यका निकायहरुलाई गुमराहमा राखेर आठ महिना अगाडि अष्ट्रेलिया पुगेर,उतै रमाइरहेका पशु सेवा विभागका उपसचिव डा नविन उपाध्याय घिमिरेको हाजिरी चाहिँ नेपालमा भइरहेको बिषय बाहिरिएपछि सर्तकता केन्द्रमा उजुरी परेको थियो । केन्द्रले पुल्चोकस्थित पशु सेवा विभागको कार्यालयलाई यस बारेमा पत्राचार गरेलगतै उनी डिसेम्बर ३ तारिखमा स्वदेश फर्किएका हुन । त्रिवि विमानस्थल स्रोतका अनुसार १७ मंसिर ०८२ मा स्वदेश फर्किएका उनी पाँच दिन पछि उनी पुन अष्ट्रेलियातिरै फर्किएको विवरण भेटिन्छ तर उनी विदेशमा हुँदा समेत यहाँ उनको हाजिरी भइरहेको बिषयलाई गम्भीर रुपमा लिइएको छ । निजामती ऐन अनुसार ९० दिनभन्दा बढी गैरहाजिरी भए निलम्बन गर्न सकिने प्रावधान छ । यही प्रावधानलाई छल्न अर्थात निलम्बनबाट बच्नका लागि चलाखी गरेको बताइन्छ ।

नेपालमा स्थायी सरकारी सेवा पाउँदै आएका डा घिमिरे तीन तीन वटा पासपोर्ट प्रयोग गरेर नियमित विदेश उडान गरिरेको भेटिन्छ । उनी स्वदेशमा कम र विदेशमै बढी रमाइरहेका कर्मचारी हुन । गत चैत्रदेखि गैरहाजिरीमा रहेका उनी अस्ट्रेलियामा बाजेको सेकुवा चलाउँदै आएको खुलेको छ । तिनै उपसचिवलाई जोगाउन महानिर्देशक समेत सक्रिय रहेको तथ्यहरुले खुलासा गरिरहेका छन् ।

उनी निलम्बनमा पर्ने भए सँगै निलम्बनबाट जोगाउन कीर्ते पूर्व हाजिरी गरिएको बिषयमा प्रहरीले हात हालेर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहको समयमा महानिर्देशकलाई मन्त्रालयमा तानिएको हो ।

निजामती सेवा ऐन, २०४९ मा कुनै पनि निजामती कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेमा पूरा गरेर सेवाबाट हटाउन सकिने व्यवस्था छ । डा घिमिरे कार्यालयमा गैरहाजिर रहेको ११० दिनभन्दा बढी समय भइसकेको छ । यसरी अस्ट्रेलियामा रहेका उपसचिवको जागिर जोगाउन महानिर्देशक डा रामनन्दन तिवारीले नै गैरहाजिरी गराएको आरोप लाग्दै आएको छ । उनै तिवारीलाई मन्त्री परियारले मन्त्रालयमा तानेका छन् ।

निलम्बन प्रक्रियामा उपसचिव, कीर्ते प्रकरणमा प्रहरी अनुसन्धानमा तानिए महानिर्देशक

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्रमा ६ डीआईजीको पद रिक्त, १४ एसएसपीबीच प्रतिस्पर्धा

ट्रेड युनियनमा लागेका कर्मचारीहरुलाई निर्वाचनमा नखटाइने,आफ्नै वडामा जान समेत कडाइ

प्राविधिकतर्फका आठ सेक्सन अफिसर उपसचिवमा बढुवा सिफारिस

उपसचिव पदमा इन्जिनियरिङ सेवाका आठ जना सिफारिस

यी हुन जगेडामा रहेका ३६ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

यी ६ कारणले स्थगित भयो उपसचिवको परीक्षा

उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित

‘घुस्याहा अड्डा’बाट सरुवा भएका दुई मालपोत प्रमुख पुगे प्रशासकीय अदालत

बिशेष