बढुवा सिफारिस समितिले ५६ जना शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
बिज्ञापन
समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,नेपाल प्रशासन सेवा,लेखा समूह र नेपाल प्रशासन समूह,राजश्व समूहका शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
जस अनुसार नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका ३७,लेखा समूहका ४ र नेपाल प्रशासन,राजश्व समूह १५ जना उपसचिव बढुवाका लागि सिफारिस भएका हुन ।
जस अनुसार,नेपाल प्रशासन सामान्य प्रशासन समूहबाट भीष्मराज भट्टराई,देवीप्रसाद गौतम,राजेश भट्टराई,नमराज सापकोटा,देवेन्द्र घिमिरे,लाल प्रसाद शर्मा भुषाल,सुरेन्द्र थापा,प्रेम कुमार श्रेष्ठ,लेखनाथ खतिवडा,केशव ज्ञवाली,सूर्यवती खनाल अधिकारी,महा प्रसाद दंगाल,अरुण सापकोटा,मोहनलाल पनेरु,गोमा घिमिरे लगायत रहेका छन् ।
यस्तै,हेमबहादुर कार्की,विष्णुहरि तिमिल्सिना,खगेन्द्रराज जोशी,पवनकुमार प्याकुरेल,मातृका प्रसाद दाहाल बढुवाका लागि सिफारिस भएका छन् । यस्तै,जयचन्द्र साह,राधिका गिरी,अर्जुन कुमार मण्डल,सुरेशबाबु घिमिरे,झविश्वर रेग्मी,लक्ष्मण लम्साल,होमबहादुर थापा,सान्नानी अधिकारी,शोभाकर न्यौपाने,रेमन्त बहादुर डाँगी,बीरबहादुर शाही,भाष्कर दाहाल,नारायणबहादुर विष्ट,रामप्रसाद शर्मा,शोभाकर पोखरेल,प्रेम कुमार पोखरेल र कृष्णकुमार पौडेल गरी ३७ जना प्रशासन सेवाका रहेका छन् । यस्तै नेपाल प्रशासन सेवा,लेखा समूहबाट पुष्कर निरौला,शंकर दत्त भट्ट,खड्क बहादुर शाही र सुमन मरासिनी रहेका छन् ।
बिज्ञापन
यस्तै नेपाल प्रशासन राजश्व समूहबाट १५ जना शाखा अधिकृतहरु बढुवाका लागि सिफारिस भएका छन् । तीमध्ये रामराज प्रसाद चौरासिया,गोपाल प्रसाद भट्टराई,प्रमोद दास,कृष्णप्रसाद न्यौपाने,केशव रघुवंशी,हिमलाल शर्मा,चक्र प्रसाद ढुंगना,शर्मिला सुवेदी,माया पन्थी,हरि प्रसाद भण्डारी,सुरेन्द्र पाण्डेय,जागेश्वर शर्मा,धनिश्वर अर्याल,सतेन्द्र मोहन गुरुंङ र सूर्य बहादुर गुरुङ लगायत रहेका छन् ।
बढुवा सिफारिस समितिले यी सबै शाखा अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।




























