महानिर्देशक मीरालाई प्रशासकीय अदालतको झापड : दुई उपसचिवको सरुवा बदर

प्रशासकीय अदालतले दुई उपसचिवको सरुवा निर्णय बदर गरिदिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्यायपूर्वक सरुवा गरेको भन्दै दुई उपसचिव प्रशासकीय अदालतको ढोका ढकढकाउन पुगेका दुई उपसचिवको माग बमोजिम नै अदालतले सरुवा बदरको निर्णय गरेको हो ।

बिज्ञापन

संघीय मामिला तथा मन्त्रालयले गत पुस ११ गते वैदेशिक रोजगार विभागबाट सरुवा गरेका उपसचिवद्धय उपेन्द्रराज पौड्याल र लवराज जोशी सरूवा बदरको निवेदन लिएर गत १६ गते प्रशासकीय अदालतमा पुगेका थिए,न्याय खोज्दै ।

बिज्ञापन

मन्त्रालयले पौड्याललाई गृह मन्त्रालय वा अन्तर्गत र जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरण्डामा सरुवा गरेर हालैमात्र विभागको महिला महानिर्देशक बनेकी मीरा आचार्यले त्यहाँ उपसचिवद्धय कृष्णकुमारी गौली तिवारी र राजेश्वरी खत्री सापकोटालाई भित्र्याएकी थिइन । सोही सरुवाको निर्णयविरुद्ध उपसचिवद्धय पौडयाल र जोशी प्रशासकीय अदालतमा पुगेका हुन ।पौडेल परराष्ट्रका पूर्व सचिव भरतराज पौडेलका आफ्ना भाइ हुन । उनी विभाग पुगेको ६ महिनामै सरुवामा परेका हुन भने पूर्व मन्त्री भानुभक्त जोशीका निजी सचिव हुँदै वैदेशिक रोजगार विभागमा पुगेका जोशी पनि छोटै अवधिमा सरुवामा परेको भन्दै उनीहरु अदालत पुगेका थिए ।

उनीहरुले दायर गरेको रिट निवेदन उपर प्रशासकीय अदालतका अध्यक्ष डा टेकबहादुर घिमिरे, नवलकिशोर यादव र आलोकचन्द्र श्रेष्ठको इजलाशले गत बुधबार सरूवा निर्णय बदरका लागि दुबै पक्षसँग अदालतले छलफल गर्ने भनेको थियो । सोही अनुसार छलफल पछि ती उपसचिवहरुको सरुवा बदर गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

वैदेशिक रोजगार विभागलाई महिलामय बनाउने भन्दै मीरा आचार्यले त्यहाँ यस अघि कृष्णकुमारी गौली र राजेश्वरी खत्री भित्र्याएकी थिइन भने दिदी नाता पर्ने विन्दा आचार्यलाई समेत भैसेपाटीबाट ताहाचालमा तान्न भ्याइसकेकी थिइन । बिन्दा आचार्यलाई उनले कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिइसकेको थिइन । यस्तै, कृष्णाकुमारी गौलीलाई राहत उद्धार र राजेश्वरी खत्रीलाई जीटुजी एवं अनुगमनको जिम्मेवारी दिइसकेकी थिइन । प्रशासकीय अदालतले दुई उपसचिवको सरुवा निर्णय बदर गरेसँगै विभागको पहिलो महिला महानिर्देशक बनेर रेकर्ड राख्न खोजेकी मीरा आचार्यलाई पहिलो गाँसमै ढुंगा लागेको छ । अदालतको यो निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत राम्रै झापड हानेको टिप्पणी हुन थालेको छ ।

सरुवा वदरको रिट बोकेर दुई उपसचिव पुगे प्रशासकीय अदालत

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

बिशेष