घुससहित समातिएका यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनका कार्यालय सहयोगी ईन्द्रजित गुरुङउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
बिज्ञापन
आयोगको टंगालबाट खटिएको टोलीले गत जेठ ३० गते गुरुङलाई कार्यकक्षबाटै एक लाख ८५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अख्तियारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा उनीहरूलाई यातायात व्यवस्था कार्यालय,भरतपुर , चितवनका कार्यालय सहायक (पाँचौं) पदमा कार्यरत गुरुङ र बिचौलिया सुरज पाठकलाई पक्राउ गरेको थियो गत जेठ ३० गते ।
उनले घुस खाएर पञ्जीकरण, ब्लुबुक, जाँचपास र परमिट नवीकरणलगायत सेवामा सहजीकरण गरिदिने गरेको अख्तियारको ठहर छ । लाइसेन्स परीक्षामा अनुत्र्तिण भएका परीक्षार्थीहरुलाई समेत १५ देखि २५ हजार लिएर लाइसेन्स दिने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेकोमा आज मुद्धा चलाएको हो ।
अख्तियारको टोलीले कार्यालय प्रमुख बिष्णु भट्टराई लगायत अन्य २२ जना कर्मचारी, ड्राइभिङ सेन्टरका सञ्चालकहरूको समेत विद्युतीय उपकरणहरू ३१ थान मोबाइल, २ थान ल्याप्टप र महत्त्वपूर्ण कागजातहरू समेत कब्जामा लिएको थियो सो समयमा ।
महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरलगायतको मिलेमतोमा भरतपुरबाट सञ्चालन भएको सवारी चालक अनुमति पत्रको परीक्षामा फेल भएका परीक्षार्थीहरूबाट १५ हजारदेखि २५ हजारसम्म रकम लिएर लाइसेन्स दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको र महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
बिज्ञापन
विष्णु भट्टराई यस अघि चावहिल यातायातमा थिए । उनी यातायातै घुमिरहने कर्मचारी हुन । मुकुन्द निरौला वाग्मती प्रदेशको प्रमुख हुँदा सातौं तहको भट्टराईलाई चावहिल यातायातको प्रमुख बनाएका थिए । विष्णु र मुकुन्द इनरुवाका छिमेकी र क्याम्पस र लोकसेवा अध्ययन गर्दाका साथी समेत हुन । त्यही कारण उनलाई महत्वपूर्ण जिम्मेवारी दिएका थिए ।
उनी चावहिल यातायातमा हुँदा कार्यालय सहयोगीहरुलाई अगाडि सारेर दैनिक लाखौं रकम उठाउने गरेको आरोप लाग्ने गरेको थियो । जसमध्ये श्याम परियार,गोकुल र कृष्ण श्रेष्ठमार्फत नजराना बुझ्ने गरेको बिषय यस अगाडि नै कर्मचारी प्रेसमा समाचार प्रकाशन गरेको थियो । यी तिनै जना कार्यालय सहयोगीहरु अहिले राधे राधे यातायातमा पुगेका छन् भने विष्णु भने चावहिलबाट आठौं तहमा बढुवा भएर बर्ष दिन अगाडि चितवन पुगेका थिए । त्यहाँ समेत चावहिलको झैं कार्यालय सहयोगी र ट्रायल सेन्टरमा विचौलिया अगाडि सारेर दैनिक लाखौं उठाउने गरेको बिषय अख्तियारमा पुगेपछि अख्तियारले छापा हानेर महत्वपूर्ण कागजात,ल्यापटपहरु नियन्त्रणमा लिएको थियो । अख्तियारले उनीहरुलाई प्रतिवादी बनाएको छैन ।
अख्तियारका अनुसार कार्यालय सहयोगी गुरुङले भ्रष्टाचारको कसुर छल्न सेवाग्राहीलाई आफू कर्मचारी नभएको बताउने वा बाहिरी व्यक्तिलाई करार नियुक्ति दिने आश्वासनमा आफूअनुकूल गैरकानूनी कार्य गराउने गरेको पनि पाइएको छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद र जरिवाना सजाय हुन अख्तियारको मागदाबी छ ।

























