उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले उपसचिवसहित सह लेखापाल र एक पत्रिकाका प्रकाशकविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो । अख्तियारले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजयकुमार साहविरुद्ध मुद्दा दायर गरेको हो ।

बिज्ञापन

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । सडक मर्मत तथा कालोपत्रे गर्न ठेक्का लगाउँदा आपसी मिलेमतोमा बोलपत्र आव्हान गरिएको र बजेट दुरुपयोग गरेको अभियोगमा उनीहरूलाई अख्तियारले प्रतिवादी बनाएको हो ।

बिज्ञापन

आयोगका अनुसार,आर्थिक वर्ष २०८०/ ८१ मा स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहासम्म सडक कालोपत्र गर्न खरिद ठेक्का लगाउँदा आपसी मिलेमतोमा ठेक्का लुकाएर नजिकको मान्छेलाई ठेक्का दिएर उनीहरूले भ्रष्टाचार गरेको आयोगको आरोप छ ।

गत २५ चैत २०८० को बोलपत्र आह्वान भएको सूचना उक्त पत्रिकाको एक प्रतिमा मात्र प्रकाशित गरेको, तर प्रेस काउन्सिलको अभिलेखमा राखिएको उक्त दिनको पत्रिकाको हार्डकपी र पीडीएफ दुवैमा बोलपत्रको सूचना प्रकाशन नभएको पाइएको अख्तियारको भनाइ छ । पत्रिकामा बोलपत्रको सूचना प्रकाशित नै नगरी झुट्टा बिल, भरपाइ पेस गरी ६५ हजार रुपैयाँ सो पत्रिकालाई भुक्तानी दिएको पाइएको अख्तियारको आरोपपत्रमा छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रालयको संख्या कटौती हुने भए पछि उच्च प्रशासकहरुको निदहराम

पहिलो क्याविनेटमै सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्दैछन् बालेन

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

बिशेष