गण्डकी लोकसेवाले माग्यो स्थानीय सेवा चौथो तहमा २६८ कर्मचारी

प्रदेश लोक सेवा आयोग, गण्डकीले स्थानीय तहका लागि  २६८ कर्मचारी माग गरेको छ। आयोगले प्राविधिक र अप्राविधिकतर्फका चौथौं तहका लागि दरखास्त आह्वान गरेको हो ।
जस अनुसार,प्राविधिकतर्फ १८२ कर्मचारी माग गरेको छ । आयोगले असिस्टेन्ट सब–इन्जिनियरमा १८, खानेपानी तथा सरसफाइ टेक्निसियन, अमिन, नायब प्राविधिक सहायक (कृषि), नायब पशु सेवा तथा पशु स्वास्थ्य प्राविधिक, अहेव, अनमी लगायतका पदहरू समावेश छन्। यी पदहरूमा खुला, महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, अपाङ्ग तथा खस आर्य समूहअनुसार पद संख्या छुट्याइएको छ। जसमा सबैभन्दा धेरै खुलातर्फ अनमी ३५ र असिसटेन्ट सब इन्जिनियर १८ माग गरेका छ ।

बिज्ञापन

यस्तै प्राविधितर्फका प्रशासन सहायक, लेखा सहायक तथा सहायक विविध निरीक्षक पदहरूमा ८६ कर्मचारी माग गरिएको छ। यी पदहरू पनि समावेशी सिद्धान्तअनुसार विभिन्न समूहमा बाँडफाँट गरिएको आयोगले जनाएको छ।
आयोगले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम चौथो तहका प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वान गर्दै विज्ञापन प्रकाशित गरेको हो।
बुधबार प्रकाशित सूचनाअनुसार स्थानीय तहबाट माग भई आएका रिक्त पदहरूमा आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी समूहअन्तर्गत पदपूर्ति प्रक्रिया अगाडि बढाइएको सूचनामा उल्लेख छ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

गण्डकी लोकसेवाले माग्यो स्थानीय सेवा चौथो तहमा २६८ कर्मचारी

निर्वाचनमा खटिने कर्मचारी,सुरक्षाकर्मीले कस्तो सेवासुविधा पाउँछन् ? कार्यविधिसहित

जेनजी राजमा रोकिएन कर्मचारी सरुवाको विकृती : आधा दर्जन सहसचिव २ महिनामै ‘भकुण्डो’

कुलमानले सम्हालेका मन्त्रालयको बजेट धमाधम फुकुवा

बिशेष