पूर्व गृहसचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्व गृह सचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा गरेको छ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ३ जनाको विदेश भ्रमण र स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ ।

बिज्ञापन

जस अनुसार,तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविराज रिजाललाई भ्रमण फुकुवा गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

आयोगले तीनै जनाको बयान सकाएपछि विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्थालाई फुकुवा गरेको हो ।

आयोगका उपसचिव कमलप्रसाद पाण्डेका अनुसार गत असोज १२ र कात्तिक २७ गतेको बैठकले दुवाडी, खापुङ र रिजाललाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । भदौ २३ २४ को घटनाहरूको जाँचबुझ तथा छानबिनको सिलसिलामा अनुसन्धानका लागि भन्दै आयोगले उनीहरूमाथि विदेश भ्रमणमा रोक र स्थान हद तोकेकोमा  सोमबार बसेको आयोगको बैठकले तीनै जनाको स्थानहद खुला गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घर जान लागेका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका अध्यक्षका आफन्तको धमाधम अस्वाभाविक बढुवा, अख्तियारले माग्यो स्पष्टीकरण

संसद पुनस्थापना र सर्वदलीय सरकारको चर्चा बीच शीतल निवासमा तोडियो संवादहीनता

पूर्व गृहसचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकलाई काट्यो पत्र,शुक्रवार बयान लिने तयारी

प्रशासन र मालपोतबाट २९ विचौलिया पक्राउ

कारबाही हुनुपर्ने उपसचिव निरौला सहसचिवमा बढुवा सिफारिस, प्रशासन नै प्रश्नको घेरामा

१४ उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष