सरकारका १४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवाका १२ र लेखापरीक्षण समूहका २ गरी १४ उपसचिवहरुलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
बिज्ञापन
बढुवा समितिले प्रशासन सेवामा कृष्णप्रसाद आचार्य, कृष्णप्रसाद खनाल, गंगाबहादुर क्षेत्री, सुकदेव प्रसाद बाँस्कोटा, हिरालाल चौधरी, खिमबहादुर कार्की, युगराज पाण्डे, लेखनाथ ज्ञवाली, लक्ष्मण विक्रम थापा, एकनारायण शर्मा, डमरूप्रसाद निरौला र राजन राईलाई सहसचिव बढुवाका लागि सिफारिस गरेको छ भने लेखापरीक्षण तर्फबाट परशुराम न्यौपाने र थवराज अधिकारी सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।
समितिले १४ जना कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि सिफारिस गरेको हो ।

























