विदेशीको गतिविधि अनलाइनबाटै निगरानी गर्दै अध्यागमन विभाग

अध्यागमन विभागले नेपाल भ्रमणमा आउने विदेशी नागरिकको सुरक्षा र गतिविधि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने भएको छ । विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ विकास गरी आगामी २०८२ पुस १७ (सन् २०२६ जनवरी १) देखि अनिवार्य रूपमा कार्यान्वयनमा ल्याएर विदेशी नागरिकहरुको गतिविधि अनलाइनबाटै निगरानी गर्न लागेको हो ।

बिज्ञापन

विभागका अनुसार पहिलो चरणमा १ जनवरीदेखि यो प्रणाली काठमाडौँ उपत्यका भित्रका तारे होटेलहरूमा लागु हुनेछन् । १७ फागुन (१ मार्च) देखि भने नेपालका सबै तारे होटेल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्स्चेन्जरहरूमा यो प्रणाली विस्तार गरिने छन् । त्यसपछि क्रमशः सबै प्रकारका होटेल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा पनि यो प्रणाली लागु गर्दै लैजाने सरकारी योजना छ । यो प्रणाली लागू भएपछि नेपाल आउने हरेक विदेशीको सुरक्षा, सूचना सहजीकरण र सम्भावित अपराध नियन्त्रणमा नयाँ युगको सुरुवात हुने विश्वास विभागले लिएको छ ।

बिज्ञापन

यो प्रणाली कार्यान्वयनमा आएपछि नेपाल भ्रमणमा आउने विदेशी नागरिकहरू कुन कुन स्थानमा बसे र कहाँ कहाँ पुगे भन्ने विषयको व्यवस्थित अभिलेख अध्यागमन विभागसँग रहने जनाइएको छ । यो अभिलेखले विदेशी नागरिकको आगमन र गतिविधिलाई व्यवस्थित गर्नुका साथै आपत्कालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने बताइएको छ ।

नयाँ व्यवस्था अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका सबै तारे होटलले विदेशी पर्यटकको विवरण यस प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्नेछ । विभागले जारी गरेको कार्ययोजना अनुसार दोस्रो चरणमा २०८२ फागुन १७ देखि देशभरका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स र मनी एक्सचेञ्जरमा विस्तार गरिनेछ । सबै प्रकारका होटल, गेष्ट हाउस र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सार्वजनिक तथा निजी क्षेत्रका हरेक निकायलाई यो प्रणालीको दायरामा ल्याउने सरकारको तयारी छ ।

बिज्ञापन

यो डिजिटल प्रणालीले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउनुका साथै विदेशी नागरिकको सूचना व्यवस्थापनमा देखिएका विद्यमान चुनौतीलाई समाधान गर्ने अपेक्षा गरिएको छ । प्रणालीमा दर्ता हुने प्रक्रिया र प्रयोगकर्ता निर्देशिका अध्यागमन विभागको वेबसाइटमा उपलब्ध गराइएको छ भने प्राविधिक सहयोगका लागि विभागले छुट्टै डेस्कसमेत स्थापना गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिराहा नगरपालिकाका ५० जना कर्मचारीको करार सम्झौता रद्द

सिटौलाको काँधमा निमित्त महाप्रवन्धकको जिम्मेवारी

विदेशीको गतिविधि अनलाइनबाटै निगरानी गर्दै अध्यागमन विभाग

चुनावका लागि निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ

जंगी अड्डा भन्छ : सेनासँग कुनै राजनीतिक एजेण्डा छैन

सर्वपक्षीय सरकार माग्दै मिराज ढुङ्गाना समूहको प्रदर्शन,पक्राउ परे आधा दर्जन जेनजी

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

बिशेष