स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टचार मुद्धा लागेर निलम्बित भएका र पछि क्लिन चिट पाएका एक सहसचिव घुमिफिरी फेरि महानगरपालिकामा पुगेका छन् ।

बिज्ञापन

गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा प्राकृतिक स्रोत दोहन र राजस्व हिनामिनाको अभियोगमा उनीमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । सोही मुद्धा लागेर केही समय निलम्बनमा परेका बीरेन्द्रदेव भारती घुमिफिरी रम्जाटार भनेझैं फेरि स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका छन् । जागिरे जीवनमा १७ बर्ष स्थानीय तहमै प्रमुख प्रशासकीय अधिकृत भएर बिताएका भारती फेरि प्रचण्ड पुत्री रेणु दाहालले नेतृत्व गरिरहेको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर जान लागेका हुन । सो पालिकामा यस अघि नै केही समय उनले नेतृत्व गरिसकेका थिए । अस्ति मन्त्रिपरिषद्ले ६० जना सहसचिवहरुको सरुवा गर्दा स्थानीय तहका रैथाने कर्मचारीलाई स्थानीय तहमै खटाइएको छ ।

बिज्ञापन

यस अघि गोदावरी नगरपालिकामा रहँदा प्राकृतिक स्रोतको दोहनको मुद्धा लागेर भ्रष्टाचार मुद्धा चलेर केही समय निलम्बनमा परेका उनी क्लिन चिट पाएसँगै बाग्मती प्रदेशमा खटाइएकोमा अहिले फेरि भरतपुर महानगरपालिकामा खटाइएको हो । महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ‘ह्याट्रिक’ हान्दै भरतपुरमा रेणु दाहालको सहयोगी बन्न पुगेका हुन भारती ।

 विशेष अदालतबाट सफाइ पाएपछि उनी दोस्रो पटक भरतपुर महानगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्न लागेका हुन् । भारती यसअघि पनि भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । तर, कार्यकालको एक महिनामै गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहदाँ प्राकृतिक स्रोत दोहन र राजस्व हिनामिनासम्बन्धी अभियोगमा भ्रष्टाचार मुद्दा खेप्दै निलम्बनमा परेका थिए । उक्त मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि उनी बागमती प्रदेश नीति तथा योजना आयोगको सचिवबाट फेरि भरतपुर महानगरपालिकामा ह्याट्रिक हानेका हुन ।

बिज्ञापन

दैलेखका बासी उनी टोखाका जमिन्दार कर्मचारी हुन । ०५६ सालमा डोल्पामा कृषि विकास बैंकको प्रशासन सेवाको शाखा अधिकृतमा नाम निकालेका उनको जागिरे जीवनको झण्डै १७ बर्ष स्थानीय तहमै काम गरेका छन् । ०६६ सालमा उपसचिव भएपछि भारतीले डोल्पालगायतका जिल्लामा स्थानीय विकास अधिकारी,हुँदै नेपालगञ्ज नगरपालिका,बुटवल उपनगरपालिकाको नेतृत्व सम्हाले । यस्तै कमल थापा उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री हुँदा दैलेखी भारती उनको सचिवालयमा बसेका थिए । पछि उनी बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका र गोरखाको पालुङटार नगरपालिका,गोदावरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका छन् । उपसचिवदेखि १६ बर्ष समय  अधिकांश  स्थानीय तहमा एकछत्र राज गर्ने कर्मचारीको रुपमा चिनिन्छन् भारती । ०७८ सालका सहसचिव भारती बुटवल, पोखरा, ललितपुर, जितपुर सिमरा हुँदै भरतपुर हुँदै फेरि सोही ठाउँमा पुगेका हुन । प्रशासनिक वृत्तमा भारतीलाई ‘शक्तिशाली सहसचिव’ का रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

सुशीला सरकारको ‘सुशासन’ : दुई महिना नपुग्दै आधा दर्जन सहसचिव भकुण्डो

काँग्रेसी कलह : निजामती कर्मचारी युनियनपछि स्वास्थ्यकर्मी संघमा लफडा

बजेट निर्माण प्रक्रिया सुरु : समपूरक- विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

विवादित सहसचिव आचार्यको महानिर्देशक बन्ने चलखेल, वैदेशिक रोजगार फेरि ‘सेटिङ’ को प्रयोगशाला बन्दै

बिशेष