काँग्रेसी कलह : निजामती कर्मचारी युनियनपछि स्वास्थ्यकर्मी संघमा लफडा

मुखले जतिनै लोकतन्त्रको माला जपे पनि काँग्रेसी भातृसंगठनभित्रको आन्तरिक लोकतन्त्रमा भने धमिरा लाग्दै गएको छ । त्यस्को ज्वलन्त उदाहरण काँग्रेसभित्रको भातृ संगठनमा देखिएको विवादलाई लिन सकिन्छ ।

बिज्ञापन

नेपाल निजामती कर्मचारी ट्रेड युनियनको विवाद सेलाउन नपाउँदै काँग्रेसकै अर्काे भातृ संगठनको कलह सार्वजनिक भएको छ । केही अघिमात्र नेपाल निमातमी कर्मचारी युनियनमा देखिएको छ । संघीय निर्वाचनको बाहना देखाएर आगामी माघमा तय भएको महाधिवेशनलाई रोकेर कावा अध्यक्ष उत्तम कटवालले अर्काे दुई बर्ष ढुक्कले अध्यक्ष चलाउने रहर गरे ।

बिज्ञापन

काँग्रेसी कर्मचारीहरुको महाधिवेशन अघिल्लो बर्ष हुनुपर्नेथ्यो तर पटक पटक अनेकन बाहनामा महाधिवेशन धकेलिँदै आएको थियो । तर तोकिएको मितिमा महाधिवेशन नगरी भिडेर हैन कि बन्द कोठाभित्र ताली ठोकेर निमित्तबाट एक तह बढुवा भएर पूर्ण अध्यक्ष खाने रहर पूरा गरेसँगै त्यहाँ त्यहाँ कलहको बिउमात्र रोपिएको छैन । भित्रभित्रै भुषको आगो सल्किएको छ । २६ सदस्यीय पदाधिकारी र १०१ सदस्य केन्द्रीय कार्यसमिति रहेको सो युनियनको बैठक अघिल्लो शनिवार बसेको बैठकमा भाग लिन सुदूरपश्चिमदेखि कर्णालीबाट केही प्रतिनिधिहरु उपस्थित भए पनि बहुमत समेत पु¥याइएको थिएन । त्यही पनि पेलेरै बैठक चलाइयो,उत्तम कटवाललाई कावा अध्यक्षबाट अध्यक्षमा उकाल्ने निर्णय गरियो । सो निर्णयप्रति केही पदाधिकारीहरुले सहमति जनाए पनि अशिंकाशको विमती रहेको थियो । केन्द्रीय सदस्यमा कावा अध्यक्ष उत्तम कटवाल खेमाका केहीले मात्र उक्त निर्णयको समर्थन गरेका थिए । ५६ जिल्लामा अधिवेशन सम्पन्न भइकसेको,८० प्रतिशत विभागीय अधिवेशन सम्पन्न भएको र बाँकी २१ जिल्ला तथा करिब २० प्रतिशत विभागीय अधिवेशन केही महिनाभित्र सम्पन्न गराउने तयारी चल्दाचल्दै उत्तम कटवालको उत्कट चाहना पूरा गर्ने गरी उनलाई एक तह बढुवा गरेर अध्यक्षमा उकालिएको हो । यस अघिका अध्यक्ष रहेका गोपाल पोखरेलले सरकारी सेवाबाटै अनिवार्य अवकाशमा गएसँगै उनलाई अध्यक्षमा बढुवा गर्ने निर्णयले काँग्रेस भातृ संगठनमा पराकम्प गएको छ । यस अघि सदस्यता वितरण र नवीकरणको विवादमा फसेपछि ०८२ साल वैशाख ४, ५ र ६ गते केन्द्रीय महाधिवेशन सारिएको थियो । त्यहाँबाट मिति धकेलेर माघमा पु¥याइएकोमा प्रतिकुल परिस्थिति भन्दै महाधिवेशन छलेर कावा अध्यक्ष उत्तम कटवाललाई एक तह पदोन्नती गर्दै पूर्ण अध्यक्ष बनाइएको हो ।

महाधिवेशनबाट नभई समितिबाटै पदोन्नति गरिएको बिषय हलबाट पारित नभएपछि माइन्यूट नै महासचिवले च्यापेर आफैसँग लगेको त्यहाँ शुरुदेखि अन्तिमसम्म बसेका केही कर्मचारीहरुले बताएका छन् ।

बिज्ञापन

उता यो कलह सेलाउन नपाउँदै नेपाल स्वास्थ्यकर्मी संघको महाधिवेशन विवादमा परेको छ । कार्यवाहक अध्यक्षलाई थाहा नदिई महासचिवले पुस १० देखि १२ गतेसम्म लुम्बिनीमा महाधिवेशनको मिति तोकेपछि विवाद भएको हो । सो संघमा यस अघि अबैधानिक ढङ्गबाट चलिरहेको थियो । रामजी घिमिरे अध्यक्ष हुने समयसम्म सरकारी र निजी स्तरका दुबै दर्ता ट्रेड युनियन आफैंले अध्यक्ष भएर संचालन गरेका थिए तर हाल कार्यबाहक दिने बेला सरकारीस्तरको ट्रेड युनियनको कार्यबाहक रमिला चैलागाइलाई दिएको छ । उनै चौलागाईलाई थाहा नदिइ महासचिवले आगामी विहिबारदेखि महाधिवेशन गर्न लागेको जनाएसँगै सो संगठनको विवाद सार्वजनिक भएको हो ।

कार्यवाहक अध्यक्ष रमिला चौलागाईंले मंसीर २२ गतेको भर्चुअल बैठक बैधानिक प्रक्रियाबाट नबोलाइएकाले आफूले बहिस्कार गरेको र मान्युटमा हस्ताक्षर समेत नभएको बताएकी छन् । बैठकको निर्णय भन्दै एकपक्षीय रुपमा महासचिव दीपक भट्टले गरेको महाधिवेशनको मिति घोषणा अस्वीकार्य र अवैध हुने उनले बताएकी छन् । अध्यक्ष रामजी घिमिरे सरकारी सेवाबाट अवकाशपछि चौलागाई कार्यवाहक छिन् ।

२०४८ साल जेठ २४ गते स्वास्थ्यकर्मी का लागि विधिवत रुपमा स्थापित नेपाल स्वास्थ्यकर्मी संघको सातौँ महाधिवेशन २०७६ कार्तिक २२देखि २४ सम्म काठमाडौंमा सम्पन्न भएको थियो । सोही महाधिवेशनबाट रामजी घिमिरे अध्यक्षमा चुनिएका थिए । उक्त समितिको कार्यकाल विधानले चार वर्षका लागि तोकेको छ । जस अनुसार ०८० कार्तिक २४ गते संघ को समयबधि सकिसकेको स्थिति छ । अर्था त संस्था नै अब अबैद्य बन्न पुगेको छ ।

आम निर्वाचनको घोषणा भैसकेको अवस्थामा कर्मचारीलाई वाधा व्यवधान, संस्थाको नबिकरण गर्नु पर्नें, २२ र २३ वटा मात्र जिल्ला अधिवेशन भएकोले सबै जिल्लाको अधिवेशन सक्नुपर्नेमा तत्काल केन्द्रीय महाधिवेशन गर्न सम्भव नहुने अबस्थामा महाधिवेशन गर्न लागिएको भन्दै कार्यबहाक अध्यक्षले विज्ञप्ति नै जारी गरेकी छिन् । कार्यबहाक अध्यक्ष चौलागाई कांग्रेसभित्र डा शेखर कोइराला पक्षधर हुन् भने महासचिव सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

यसलाई काँग्रेसभित्रको माथिको गुटगत असर तल सरेको रुपमा टिप्पणी गर्नेहरु पनि छन् । भातृ संगठनको विवादलाई काँग्रेसमा हुन लागेको महाधिवेशनसँग जोडेर हेर्नेहरु पनि छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

बिशेष