रिक्त तीन विभागको महानिर्देशकमा क- कस्को सम्भवना ?

सरकारले तीन विभागका महानिर्देशक हटाएको छ । हिजो ६० जना सहसचिवहरुको सरुवा हुँदा एकसाथ तीन विभागको महानिर्देशक हटाइएका हुन । यसरी हटाइएका महानिर्देशकमा बैदेशिक रोजगार विभागका महानिर्देशक,कारागार व्यवस्थापन विभाग र सहकारी विभागका रजिष्ट्रार रहेका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,वैरोका महानिर्देशक कमलप्रसाद भट्टराई मधेश प्रदेश सरूवा भएका छन्। कारागार व्यवस्थापन विभागका महानिर्देशक लिलाप्रसाद शर्मा कर्णाली प्रदेश र सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगाना गृह मन्त्रालयमा इन्ट्री भएका हुन ।यसरी ६० जना सहसचिव सरुवा हुँदा तीन महानिर्देशकहरु सरुवामा परेका छन् । ती स्थानमा लैजाने तयारी स्वरुप श्रममा २,गृहमा ७ र भूमिमा २ सहसचिवहरु इन्ट्री भएका छन् । यीमध्येबाटै रिक्त विभागमा महानिर्देशक हुनेछन् ।

बिज्ञापन

हिजोको सरुवा सूची अनुसार, गृह बाहिरबाट रेखा कँडेल, निश्चलराज पाण्डे, मदन कोइराला, राजन पौडेल, लक्ष्मीप्रसाद पौडेल, उमेश ढुंगाना र शान्तिराज प्रसाईं गृह मन्त्रालयमा भित्रिएका छन् । गृहले कारागार व्यवस्था विभागमा यी मध्येबाट कसैलाई वा गृहबाट अरुलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाउन सक्ने छ ।
यस्तै बैदेशिक रोजगार विभागको महानिर्देशक बनाउने गरी सामान्य प्रशासनबाट मीरा आचार्यलाई लगिएको चर्चा हुँदैछ । श्रममा प्रदेशबाट बाबुराम भण्डारी पनि भित्रिएका छन् । कमल भट्टराई सरुवा भएपछि रिक्त भएको ठाउँमा यी दुईमध्य एकलाई पुग्न सक्नेछन् ।
भूमि मन्त्रालयमा सुशील ढकाल र गृहबाट भूमिमा पुगेका गोविन्द रिजालमध्येबाट कसैले रजिष्ट्रारको जिम्मेवारी पाउनसक्नेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

बिशेष