६० सहसचिवको एकैपटक सरुवा, सिफारिस १५ बाट बढेर ६० पुग्दा प्रश्नै–प्रश्न

काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

बिज्ञापन

 

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार केही दिनअघि सहसचिव सरुवाका लागि प्रारम्भिक रूपमा १५ जनाको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा पठाइएको थियो। तर निर्णय प्रक्रियाको क्रममा नाम थपिँदै जाँदा अन्ततः सरुवाको संख्या ६० पुगेको हो।

 

बिज्ञापन

स्रोतले बताएअनुसार सरुवाको सूची ‘बाटोमै थपिँदै’ गएको भन्दै प्रक्रिया पारदर्शी नभएको गुनासोसमेत उठ्न थालेको छ। निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने सरकारले कर्मचारी सरुवामै बढी ध्यान दिएको भन्ने टिप्पणी पनि देखिन थालेका छन्।

 

सरुवाको सूची सार्वजनिक भएसँगै राजनीतिक र प्रशासनिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ। सरुवामा कार्यक्षमता, अनुभव र आवश्यकतालाई आधार बनाइएको कि अन्य दबाब र पहुँचले भूमिका खेलेको भन्ने प्रश्न उठाइएको छ।

 

यद्यपि सरकार पक्ष भने नियमित प्रशासनिक प्रक्रिया अनुसार नै सरुवा गरिएको दाबी गर्दै आएको छ। निर्वाचन गराउने जिम्मेवारी बोकेको सरकारले प्रशासनिक संयन्त्रलाई थप चुस्त बनाउने उद्देश्यले सरुवा गरिएको बताइए पनि अन्तिम परिणाम कार्यसम्पादनमै देखिने सरोकारवालाको भनाइ छ।

 

अब यी सरुवाले प्रशासनिक कामकाज कत्तिको प्रभावकारी बनाउँछ भन्ने प्रश्नको उत्तर आगामी दिनमा स्पष्ट हुने अपेक्षा गरिएको छ।

सहसचिव-सरुवा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन बालेन सरकारका सारथी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी प्रतिभा रावललाई

रास्वपाले टुंग्याउन थाल्यो मन्त्री : अर्थमा स्वर्णिम, परराष्ट्र शिशिर,गृहमा सुदन

४६ अर्बको काँकडभिट्टा–लौकाही आयोजनामा ‘महाघोटाला’ : सिडिइ जगत प्रजापतिको सेटिङमा ठेकेदारलाई अर्बौं फाइदा, अख्तियार मौन

मन्त्रालयको संख्या कटौती हुने भए पछि उच्च प्रशासकहरुको निदहराम

पहिलो क्याविनेटमै सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्दैछन् बालेन

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिशेष