निलम्बन प्रक्रियामा उपसचिव, कीर्ते प्रकरणमा प्रहरी अनुसन्धानमा तानिए महानिर्देशक

नेपाल सरकारका एक उपसचिवमाथि कीर्ते र निलम्बन कारवाही प्रक्रिया एकसाथ अगाडि बढाइएको छ । मान्छे अष्ट्रेलियामा हुँदा समेत नेपालमा उनको कीर्ते हाजिरी लगाइएको र उनलाई जोगाउनका लागि महानिर्देशक नै लागिपरेको तथ्यहरु खुलेसँगै कीर्ते हाजिरीको छानबिन गर्न प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । यस्तै लामो समयसम्म गैरहाजिरीमा रहेका ती उपसचिवमाथि निलम्बनको प्रक्रिया अगाडि बढाउन उनी आवद्ध विभागले मन्त्रालयलाई लेखी पठाएको छ ।

बिज्ञापन

पशु सेवा विभागले लामो समयदेखि गैरहाजिरीमा रहेका ती उपसचिव हुन डा नविन उपाध्याय घिमिरे । जो नेपालमा कम विदेशमै बढी समय व्यतित गर्दै आएका थिए । उनी ८ महिना अगाडि अर्थात गत बर्ष चैत्रदेखि नेपालमा थिएनन् । विदेशमा बसेर सेकुवा बेच्दै आएका ती उपसचिवको नियमित हाजिरी भइरहेको बिषयमा प्रहरीले कीर्ते र निजामती ऐन अनुसार निलम्बन प्रक्रिया अगाडि बढाउने प्रक्रिया एकै पटक अगाडि बढेको हो ।

बिज्ञापन

यसरी राज्यका निकायहरुलाई गुमराहमा राखेर आठ महिना अगाडि अष्ट्रेलिया पुगेर,उतै रमाइरहेका पशु सेवा विभागका उपसचिव डा. नविन उपाध्याय घिमिरेको हाजिरी चाहिँ नेपालमा भइरहेको बिषय बाहिरिएपछि सर्तकता केन्द्रमा उजुरी परेको थियो । केन्द्रले पुल्चोकस्थित पशु सेवा विभागको कार्यालयलाई यस बारेमा पत्राचार गरेलगतै उनी डिसेम्बर ३ तारिखमा स्वदेश फर्किएका हुन । त्रिवि विमानस्थल स्रोतका अनुसार १७ मंसिर ०८२ मा स्वदेश फर्किएका उनी पाँच दिन पछि उनी पुन अष्ट्रेलियातिरै फर्किएको विवरण भेटिन्छ तर उनी विदेशमा हुँदा समेत यहाँ उनको हाजिरी भइरहेको बिषयलाई गम्भीर रुपमा लिइएको छ । निजामती ऐन अनुसार ९० दिनभन्दा बढी गैरहाजिरी भए निलम्बन गर्न सकिने प्रावधान छ । यही प्रावधानलाई छल्न अर्थात निलम्बनबाट बच्नका लागि चलाखी गरेको बताइन्छ । उनी निलम्बनमा पर्ने भए सँगै निलम्बनबाट जोगाउन कीर्ते पूर्व हाजिरी गरिएको बिषयमा प्रहरीले हात हालेको छ ।

निजामती सेवा ऐन, २०४९ मा कुनै पनि निजामती कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेमा पूरा गरेर सेवाबाट हटाउन सकिने व्यवस्था छ । डा घिमिरे कार्यालयमा गैरहाजिर रहेको ११० दिनभन्दा बढी समय भइसकेको छ । यसरी अस्ट्रेलियामा रहेका उपसचिवको जागिर जोगाउन महानिर्देशक डा रामनन्दन तिवारी नै गैरहाजिरी गराएको आरोप लाग्दै आएको छ । अस्ति २८ गते डिजी तिवारी श्रीलंकाबाट फर्किएलगतैको छानबिन समिति बनाएर उपसचिव उपाध्यायलाई कारवाहीको लागि सिफारिस गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

नेपालमा स्थायी सरकारी सेवा पाउँदै आएका डा घिमिरे तीन तीन वटा पासपोर्ट प्रयोग गरेर नियमित विदेश उडान गरिरेको भेटिन्छ । उनी स्वदेशमा कम र विदेशमै बढी रमाइरहेका कर्मचारी हुन । गत चैत्रदेखि गैरहाजिरीमा रहेका उनी अस्ट्रेलियामा बाजेको सेकुवा चलाउँदै आएको खुलेको छ । तिनै उपसचिवलाई जोगाउन महानिर्देशक समेत सक्रिय रहेको तथ्यहरुले खुलासा गरिरहेका छन् ।

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहले तयार पारेको नयाँ ओएण्डएम प्रस्ताव अर्थमा

शाखा अधिकृतलाई धरौटीमा छाड्न आदेश दिएपछि अदालतमै पिइन युवतीले बिष

गोकर्णमा पनि गडबडी : कौडीको भाउमा २७२२ रोपनी जग्गा २५ वर्षका यति होल्डिङ्सलाई

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रिजालद्वारा पदबाट राजीनामा

निलम्बन प्रक्रियामा उपसचिव, कीर्ते प्रकरणमा प्रहरी अनुसन्धानमा तानिए महानिर्देशक

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

बिशेष