पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

नेपालकै पर्यटकीय राजधानी पोखरामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा ‘पोखरा सडक महोत्सव’ हुँदैछ । २७औं संस्करणको महोत्सव आगामी पुस १३ गतेदेखि १७ गतेसम्म हुनेछ।

बिज्ञापन

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराले आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरि महोत्सवमा सहभागी हुन राजधानीबासी सहित देशभरका जनतालाई निम्तो गरेको छ ।

बिज्ञापन

फेवाताल किनारको साढे तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना हुनेछ । विगत २६ वर्षदेखि “सडक मै खाउ, सडक मै नाचौं, सडक मै रमाउँ” भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको यो महोत्सवले पोखरालाई अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यको रूपमा स्थापित गरेको छ।

कुनै समय नयाँ वर्ष मनाउन गोवा र थाईल्याण्ड जाने नेपालीहरूलाई पोखरा आकर्षित गर्न यो महोत्सव सफल भएको आयोजकले जनाएको छ। साढे दुई दशक लामो इतिहासमा महोत्सवले २०७२ को भूकम्प, राजनीतिक अस्थिरता, कोभिड-१९ महामारी र पछिल्लो समयका आर्थिक मन्दी जस्ता अनेकौं आरोह-अवरोहको सामना गरेको छ।

बिज्ञापन

यी विषम परिस्थितिमा पनि पर्यटन व्यवसायको पुनरुत्थान गर्न र पोखरा सुरक्षित तथा खुला छ भन्ने सन्देश विश्वभर प्रवाह गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । महोत्सवले स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको महोत्सव सयोजक एवं रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले बताए ।

महोत्सवले पोखरा आसपासका गाउँमा उत्पादित कृषि उपज, हस्तकला र घरेलु सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि महोत्सवले मञ्च प्रदान गर्ने विश्वास गरिएको छ । क्रिसमस र नयाँ वर्षमा विदेशी पर्यटकलाई नेपालमै आकर्षित गरी विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने विश्वास लिइएको छ। जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउँदै यसले ‘बाह्रै महिना पोखरा’ खुला रहने सन्देश दिए ।

रेवान पोखराले सडक महोत्सवलाई भव्य रूपमा सफल पार्न सम्पूर्णमा आव्हान गरेको छ । सडक महोत्सवले नेपाल तथा पोखराको समग्र पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याएको रेवान पोखराका निबर्तमान अध्यक्ष नरेश भट्टराई बताउँछन् ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले सडक महोत्सवले फुड, म्युजिक र कल्चरको प्रवर्द्धनसँगै पर्यटनमा सकारात्मक प्रभाव पारिरहेको बताए । रेवान पोखराका महासचिव वीरेन्द्र थकालीले पर्यटन क्षेत्रमा आर्थिक चलायमान बढाउन सडक महोत्सव सफल हुने बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

बिशेष