पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा चार जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वसचिव अर्जुनबहादुर कार्की,सहसचिव तथा तत्कालीन सदस्य सचिव लेखबहादुर , थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेपाविरुद्ध ठगी मुद्दा दायर गरेको हो ।

बिज्ञापन

नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा ती चार विरुद्ध ५ अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको हो।

बिज्ञापन

सो मुद्धामा प्रतिवादी बनाइएकामध्ये तत्कालीन सचिव र सहसचिवलाई भने पक्राउ गरेर पेस गरिएको सिआइबीले जनाएको छ । यस प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिए राजेश बज्राचार्यले तारा एयरबाट बालकोटमा घर लिएको देखिएकाले यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान गर्न सिआइबीले राय दिएको छ ।

लामो अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

यो प्रकरणसँगै गोकर्ण फरेष्ट रिर्सोटमा भएको यो भन्दा पनि गम्भीर बदमासीमा समेत ठूला माछाहरु तानिने आँकलन गरिएको छ ।

गोकर्णको जग्गा लिजदेखि कर्मचारी तह बढुवासम्म विवादमा मुछिएका सहसचिव नै मन्त्रीका विश्वासपात्र

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी प्रतिभा रावललाई

रास्वपाले टुंग्याउन थाल्यो मन्त्री : अर्थमा स्वर्णिम, परराष्ट्र शिशिर,गृहमा सुदन

४६ अर्बको काँकडभिट्टा–लौकाही आयोजनामा ‘महाघोटाला’ : सिडिइ जगत प्रजापतिको सेटिङमा ठेकेदारलाई अर्बौं फाइदा, अख्तियार मौन

मन्त्रालयको संख्या कटौती हुने भए पछि उच्च प्रशासकहरुको निदहराम

पहिलो क्याविनेटमै सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्दैछन् बालेन

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

बिशेष