काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिको मिति २०८२/०८/२० गतेको निर्णयअनुसार कार्यवाहक अध्यक्ष उत्तम कटवाललाई केन्द्रीय अध्यक्ष र खुला उपाध्यक्ष यज्ञबहादुर ओलीलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइएको घोषणा भएपछि संगठनभित्र विवाद चुलिएको छ ।
बिज्ञापन
बिज्ञापन
खुला केन्द्रीय उपाध्यक्ष वलीले उक्त निर्णयलाई बिधानविपरीत, लज्जास्पद र मनोबल गिराउने कदम भएको भन्दै सार्वजनिक आपत्ति प्रकट गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कडा भाषामा लेख्दै आफूलाई लज्जित बनाएको निर्णय केन्द्रीय कार्यसमितिले गरेको दाबी गरेका छन् ।
ओलीले लेखेका छन्, ‘निजामती कर्मचारी युनियनको आज बसेको पूर्ण बैठकको कथित निर्णयअनुसार कार्यवाहक अध्यक्षबाट केन्द्रीय समितिले अध्यक्ष बनाएको भनि सामाजिक सञ्जालमा आएको विषयले मलाई अत्यन्त लज्जित बनाएको छ ।’
बिज्ञापन
उनका अनुसार संगठनको गरिमामय सम्मेलन नगरी, बिधानविपरीत नेतृत्व तोकिएको भन्दै नेतृत्व तहमा व्यक्तिगत अभिष्ट पूरा गर्न कुनै सीमा नमानी निर्णय गरिएको आरोप लगाएका छन् । ‘आजको निर्णयले देशभर रहेका युनियनकर्मीको मनोबल गिराएको छ,’ उनले लेखेका छन् ।
५६ जिल्ला र धेरै विभागको अधिवेशन सम्पन्न भइसकेको अवस्थामा महाधिवेशन नगरी पदोन्नति गर्ने कदम ‘लाज पनि लाजाउने’ किसिमको रहेको उनको भनाइ छ ।
ओलीले बिधानअनुसार समयमा अधिवेशन गराएर नेतृत्वमा चुनौती दिन आफू तयार रहेको बताउँदै हालको निर्णयलाई अस्वीकार गर्न देशभरका युनियनकर्मीलाई खुला अपिल गरेका छन् ।
उनको भनाइले कर्मचारी युनियनभित्र नेतृत्व चयन प्रक्रिया र आन्तरिक कार्यशैलीप्रति असन्तुष्टि चुलिएको संकेत देखिएको छ ।


























