प्रधानन्यायधीशको खरो प्रश्नले इजलाशमै ढले अधिवक्ता

मुद्धाको बहस गर्दा गर्दै सर्वाेच्च अदालतमा अधिवक्ता सुलभ खरेल ढलेका छन् ।

बिज्ञापन

संवैधानिक इजलासमा बुधबार नेकपा एमालेले दायर गरेको रिटमा संवैधानिक इजलासमा बहसको लागि उभिएका खरेललाई न्यायधीशहरुका एक पछि अर्काे प्रश्नको समाना गर्न नसकेर बेहोस भएर ढलको हुन ।

बिज्ञापन

आजको इजलशमा एमालेले दायर गरेको संसद पुर्नस्थापनाको मुद्धाका लागि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मासहितको इजलासमा अधिवक्ता सुलभ खरेल बहसका लागि तयार भएका थिए ।
शुरुमा उनले आफ्नो परिचय दिए । बहस प्रारम्भ हुनै लाग्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले रोक्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयमा प्रष्टीकरण मागे ।

‘विद्वान मित्र तपाईं यो इजलासमा बहस गर्न त आउनुभयो । तपाईंलाई याद छ कि छैन, भदौ २४ गते सर्वोच्च अदालतको आगजनीपछि तपाईंले सामाजिक सञ्जालमा के लेख्नु भएको थियो ? एउटा कानुन व्यवसायीले मर्यादा राख्नुपर्छ कि पर्दैनरु तपाईं सर्वोच्च अदालत र बारमा आगजनी हुँदा खुसी हुनुपर्ने कारण के हो ? न्यायधीश सपना मल्ल प्रधानले समेत उनीमाथि प्रश्न गरिन न्यायाधीशलाई पार्टीको झोले भनेको छ, अदालत मात्रै जल्यो न्यायाधीशलाई पनि जलाउनुपर्छ भनेर सार्वजनिक रुपमा बोल्दा विचार गर्नपर्छ कि पर्दैन ?

बिज्ञापन

भदौ २४ गते जेजनी आन्दोलनको आवरणमा सर्वोच्च अदालतसहितका अदालत र बार एशोशियसनका कार्यालय जल्दा खुशी मनाउने अधिवक्ता सुलभ खरेल त्यहीँ विषयले इजलासमा असिनपसिन मात्र भएनन्,इजलाशमै ढलेका छन् ।

त्यसपछि अधिवक्ता खरेल बोल्न सकेनन् । एकपछि अर्को प्रश्न इजलासबाट दोहोरिन थालेपछि खरेल रेल उभिएको ठाउँमै ढले । खरेल ढलेपछि कानुन व्यवसायीहरुले उठाए र केही शान्त पार्ने कोसिस गरे । उनलाई पानी खुवाएपछि सामान्य भई कुर्सीमा राखेर पछि मुख्य रजिष्ट्रार विमल पौडेलको साथमा पठाइएको थियो ।
अमेरिकामा कानुन पढेर आएका खरेल रास्वपामा आवद्ध छन् । मंसिरका लागि तोकिएको रुपन्देही(३ को उप चुनावमा उनी उक्त पार्टीबाट उम्मेदवारको दावेदार थिए । तर, रास्वपाले लेखजंग थापालाई टिकट दिने निर्णय गर्यो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

बिशेष