भ्रष्टाचारको सामाजिक र आर्थिक मूल्य

डा. दामोदर रेग्मी

बिज्ञापन

प्रशासनविद तथा गीतकार

बिज्ञापन

भ्रष्टाचार भनेको निजी वा व्यक्तिगत फाइदाका लागि सार्वजनिक पद वा शक्तिको दुरुपयोग गर्नु हो। यो कुनै पनि देशको सामाजिक, आर्थिक, र प्रशासनिक व्यवस्थालाई कमजोर बनाउने प्रमुख कारक हो।सदाचारिता भनेको नैतिक मूल्य, इमान्दारिता, पारदर्शिता, र जवाफदेहितासहित सार्वजनिक र निजी जीवनमा स्वच्छ आचरण अपनाउने प्रक्रिया हो। भ्रष्टाचारको निवारण गर्न सदाचारिता अत्यावश्यक छ। भ्रष्टाचारले समाजमा अविश्वास, अन्याय, र विकासमा बाधा पुर्‍याउँछ भने आर्थिक रूपमा असमानता, लगानीको गिरावट, र कर प्रणालीमा समस्या ल्याउँछ। यदि भ्रष्टाचार नियन्त्रण गर्न सकियो भने सामाजिक सदाचारिता बढ्छ, आर्थिक वृद्धि हुन्छ, र जनताको जीवनस्तर सुधार हुन्छ।

भ्रष्टाचारको सामाजिक मूल्य

बिज्ञापन

भ्रष्टाचारले कुनै पनि देशको सामाजिक संरचना, आर्थिक वृद्धि, शासन व्यवस्था, र जनताको जीवनस्तरमा गम्भीर नकारात्मक असर पार्छ। यसको मूल्य केवल आर्थिक क्षतिको रूपमा मात्र होइन, समाजको नैतिक पतन, अविश्वास, र अन्यायको रूपमा पनि बुझ्न सकिन्छ।

  • भ्रष्टाचारको सामाजिक मूल्य
  • न्याय र समानतामा ह्रास
  • सामान्य नागरिकको अवसर खोसिन्छ किनभने पैसा वा पहुँच भएकाहरूले मात्र राम्रो सेवा पाउँछन्।
  • जातीय, वर्गीय, वा राजनीतिक विभाजन बढ्छ, किनभने नीति र कानुन समान रूपमा लागू हुँदैन।
  •  सामाजिक अविश्वास र नैतिक पतन
  • सरकारप्रति जनताको विश्वास घट्छ, जसले अस्थिरता निम्त्याउँछ।
  • जब ठूला व्यक्तिहरू नै भ्रष्टाचारमा संलग्न देखिन्छन्, नयाँ पुस्ता पनि नैतिकता भन्दा शक्तिको दुरुपयोगलाई प्राथमिकता दिन थाल्छ।
  •  कमजोर सेवा प्रवाह
  • बजेट दुरुपयोगले शिक्षा, स्वास्थ्य, र अन्य सरकारी सेवाहरू कमजोर हुन्छन् ।
  • घूस नदिएसम्म आधारभूत सेवा पनि नपाइने अवस्था सिर्जना हुन्छ।
  • अपराध र अस्थिरता वृद्धि
  • भ्रष्टाचारकै कारण गुणस्तरीय कानून कार्यान्वयन हुँदैन, जसले गर्दा कालोबजारी, तस्करी, र संगठित अपराध बढ्छ।
  • प्रशासनिक र राजनीतिक तहमा विकृति मौलाउदै जान्छ । यिनीहरुको गठबन्धन बढ्दै जान्छ ।
  • भ्रष्टाचारको आर्थिक मूल्य
  •  लगानी र व्यापारमा गिरावट
  • विदेशी लगानीकर्ता भ्रष्ट देशमा लगानी गर्न डराउँछन्, जसले रोजगारीका अवसरहरू घट्छन्।
  • नीति अस्थिर हुन्छ, घूस बिना व्यवसाय सञ्चालन गर्न गाह्रो हुन्छ, जसले निजी क्षेत्रको वृद्धि रोक्छ।
  •  आर्थिक असमानता
  • धनीहरू झन् धनी हुन्छन्, गरिबहरू अझ गरिब बन्दै जान्छन।
  • सरकारी अनुदान, विकास कार्यक्रम, र सार्वजनिक सेवा भ्रष्टाचारको कारणले सीमित वर्गलाई मात्र लाभ पुर्‍याउँछ।
  •  कर प्रणालीमा असर
  • नागरिकहरूले कर तिर्न इच्छुक हुदैनन् किनभने आफूले तिरेको करको सदुपयोग हुदैन वा भ्रष्टाचारमा जान्छ भन्ने विश्वास जन्मन्छ।
  • सरकारको आम्दानी घट्छ, जसले गर्दा विकास परियोजनाहरू सञ्चालन गर्न कठिनाइ हुन्छ।
  • विकासमा अवरोध
  • भ्रष्टाचारले ठूला परियोजनाहरू ढिलाइ गर्छ वा गुणस्तरहीन बनाउँछ, जसको असर दीर्घकालीन रूपमा पर्छ।
  • सार्वजनिक सम्पत्ति हिनामिना हुन्छ जसले थप लागत सिर्जना गर्दछ ।
  • भ्रष्टाचार अवधारणा सूचक 
  • भ्रष्टाचार अनुभूति वा अवधारणा सूचक अर्थात सि पि आइ भनेको ट्रान्सपरेन्सी इन्टरनेशनल नामक अन्तर्राष्ट्रिय संस्थाले वार्षिक रूपमा प्रकाशन गर्ने एक सूचक हो, जसले विभिन्न देशहरूमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार कस्तो अवस्थामा छ भन्ने देखाउंछ।
  • भ्रष्टाचार अवधारणा सूचकको विशेषताहरू
  • ० देखि १०० सम्मको स्कोर हुने ।
  • सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ
  • उच्च स्कोर भएका देशहरू पारदर्शी मानिन्छन्,
  • कम स्कोर भएका देशहरू भ्रष्टाचारग्रस्त मानिन्छन्।
  • सिपिआइ स्कोर विभिन्न देशहरूको तुलना गर्दै ती देशहरूमा भ्रष्टाचारको अनुभूति कस्तो छ भन्ने देखाउँछ।
  • हरेक वर्ष, संसारभरका १८० देशहरू यो सूचकमा समेटिन्छन्।
  • भ्रष्टाचार अवधारणा सूचकको महत्त्व
  • सरकारको जवाफदेहिता बढाउन मद्दत गर्छ।
  • विदेशी लगानीकर्ताहरूलाई कुनै देशको पारदर्शिता बुझ्न सहायता गर्छ।
  • सार्वजनिक नीति सुधार गर्न दबाब सिर्जना गर्छ।
  • जनतालाई भ्रष्टाचारको स्तरबारे जानकारी दिन मद्दत गर्छ।
  • सुशासन प्रबर्ध्दनमा सहयोग गर्दछ ।
  • वित्तीय उत्तरदायित्व र पारदर्शिताको प्रबर्ध्दनमा सहयोग गर्दछ ।
  • भ्रष्टाचार अवधारणा सूचकको मापनमा हेरिने विषयहरु
  • सरकारी नीतिहरू
  • सार्वजनिक क्षेत्रको पारदर्शिता
  • घुसखोरीको अवस्था
  • शक्तिको दुरुपयोग
  • भ्रष्टाचारसम्बन्धी अनुसन्धान तथा प्रतिबन्ध
  • प्रेस तथा नागरिक स्वतन्त्रता
  • विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूबाट सङ्कलित तथ्यांक
  • भ्रष्टाचार अवधारणा सूचक तयारीका स्रोतहरू:
  • भ्रष्टाचार अवधारणा सूचक विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरू, व्यावसायिक विज्ञहरू, र अनुसन्धानमूलक प्रतिवेदनहरूको आधारमा तयार गरिन्छ।
  • ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न देशको भ्रष्टाचार अवधारणा सूचकाङ्क तयार गर्दा १३ वटासम्म अन्तर्राष्ट्रिय सर्वेक्षणका तथ्याङ्कलाई आधार मान्ने गरेको छ ।
  • African Development Bank Governance Ratings
  • Bertelsmann Foundation Transformation Index
  • Economist Intelligence Unit Country Risk Ratings
  • Freedom House – Nations in Transit
  • Global Insights Country Risk Ratings
  • IMD World Competitiveness Yearbook
  • Political and Economic Risk Consultancy Asian Intelligence
  • The PRS Group International Country Risk Guide
  • World Bank – Country Policy and Institutional Assessment (CPIA)
  • World Economic Forum – Executive Opinion Survey
  • World Justice Project Rule of Law Index
  • Varieties of Democracy (V-Dem) Project
  • European Bank for Reconstruction and Development (EBRD) Transition Report

नेपालको सूचकाङ्क विभिन्न ६ वटा संस्थाद्वारा विभिन्न क्षेत्र समेटेर गरिएको सर्वेक्षणको आधारमा तयार गरिएको छ ।

विश्व बैङ्कले सरकारले गरेका निर्णय, स्रोतसाधनको प्रयोग लगायतका काम–कारबाही एवं कर्मचारीहरुबाट भएका कार्यहरुको जवाफदेहिता, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र निहित स्वार्थ भएका सीमित व्यक्तिहरुको राज्य सञ्चालनमा पकड विषयमा सर्वेक्षण गरेको छ ।

वर्ल्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारको विषयमा सर्भेक्षण गरेको छ ।

ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यात र दैनिक काममा घूस र भ्रष्टाचारको जोखिम विषयमा सर्वेक्षण गरेको छ ।

बर्टेल्सम्यान फाउन्डेशनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कुन हदसम्म कारबाही हुन्छ र भ्रष्टाचार नियन्त्रणमा सरकारको सफलताको अवस्थाको सर्वेक्षण गरेको छ ।

वर्ल्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोगको अवस्थाको सर्वेक्षण गरेको छ ।

भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) ले राजनीतिक भ्रष्टाचार अन्तर्गत सरकार, संसद्, न्यायपालिका र सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारको सर्वेक्षण गरेको छ ।

भ्रष्टाचार विश्वव्यापी महारोग हो । भ्रष्टाचारबाट पर्ने प्रभावहरूमा विकासका नविनतम् मुद्दाहरूमा अपेक्षित नतिजा प्राप्त गर्न कठिनाई हुनु : जस्तो गरिबी निवारण, दिगो विकास, जलवायु परिवर्तनका असरहरूको न्यूनीकरणजस्ता प्रयासमा अवरोध सिर्जना, विकास आयोजनाहरु समयमै सम्पन्न हुन नसक्नु तथा यसको लागत बढ्न जानु, विकासका पर्वाधार तथा सार्वजनिक सेवाको गुणस्तर कामजोर हुनु अन्तर्राष्ट्रिय समुदायले हेर्ने दृष्टिकोणमा ह्रास आउनु , असमानता र विभेद बढेर हुने र नहुने वीचको खाडल बढ्दै जानु जसता अवस्था सिर्जना हुन जाने गर्दछ ।

संयुक्त राष्ट्रसंघ र विश्व आर्थिक मञ्चका अनुसार अनुसार विश्वको कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत बराबरको रकम भ्रष्टाचार भईरहेको छ। भ्रष्टाचारजन्य उक्त रकमबाट एकातर्फ सो वरावरको विकासात्मक कार्य अवरुध्द हुन पुग्यो भने अर्को तर्फ विकासको लागि त्यति वरावरको रकमको जोहो अर्को वर्ष गर्नु पर्ने स्थिति रह्यो । भ्रष्टाचार भएको यो मात्राको रकमले विकासशील मुलुकका १ अरब ४० करोड मानिसलाई जीवन यापन गर्न पुग्दछ भन्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको भनाई रहेको छ । भ्रष्टाचारको यो नकारात्मक प्रभाव यतिमै सीमित रहेको छैन यसले विश्व गरिवी निवारणको अभियान पनि यसै अनुपातमा पछि धकेलिदिएको छ ।

भ्रष्टाचार विरुद्ध युवासँगको यो ऐक्यवद्धता दुई वर्षसम्म अभियानकै रूपमा अघि बढाउने घोषणा पनि संयुक्त राष्ट्र संघले गरेको छ । युवाहरु उर्जा र सिर्जनशीलताका पर्याय हुन् उनीहरु परिवर्तनका संवाहक पनि हुन् । युवाहरु सामाजिक सरोकारका मुद्दाहरुमा युवाहरुको भूमिका सर्वाधिक प्रभावकारी हुने गर्दछ ।भ्रष्टाचार विरुद्ध पनि युवाहरूले सशक्त भूमिका निर्वाह गर्न सक्छन्, उनीहरुले भोलीको समाजलाई सभ्य र सदाचारयुक्त बनाउनमा सहयोग गर्न सक्दछन् भन्ने अभिप्रायको सन्दर्भमा युवासँगको यो ऐक्यवद्धता आवश्यक देखिएको छ । भ्रष्टाचार नियन्त्रणका कार्यक्रमहरू राज्यका तर्फबाट साथै नागरिक समाज एवम् गैरसरकारी निकायहरूबाट समेत हुने गरेका छन् । नागरिकको सहयोगबिना भ्रष्टाचार नियन्त्रणको प्रयास सफल हुन सक्दैन । यसमा युवाको सहभागिता र सहयोग अझ वढी प्रभावकारी हुने गर्दछ । युवाहरु उर्जा र सिर्जनशीलताका पर्याय हुन् । उनीहरु परिवर्तनका संवाहक पनि हुन् । कुनै पनि विकासात्मक गतिविधि वा सामाजिक मुद्दाहरुमा युवाहरुको भूमिका सदैव सकारात्मक र प्रभावकारी हुने गर्दछ ।परिवर्तनकारी युवाको हातमा सकारात्मक मार्गदर्शन सहित देशको भविष्य र हुन्छ। युवाले आकांक्षालाई यथार्थतामा वदल्ने सामर्थ्य राख्दछन् । युवाहरु संवेदनशील विचारक हुन्, उनीहरु सकारात्मक विचार र अवधारणाका समर्थक पनि हुन् , उनीहरु नवप्रवर्तक परिवर्तनका संवाहक र उत्प्रेरक पनि हुन् । उनीहरुमा कुशल सन्देशवाहकको क्षमता रहेको हुन्छ उनीहरुमा प्रेरक र शिक्षकको भूमिका निर्वाह गर्ने सामर्थ्य रहेको हुन्छ साथै योगदानकर्ता र नेतृत्वकर्ताको कौशलता पनि रहेको हुन्छ।

नेपालको भ्रष्टाचार अवधारणा सूचक स्कोर पछिल्ला वर्षहरूमा ४० भन्दा तल नै रहँदै आएको छ, जसले देशमा अझै पनि भ्रष्टाचार गम्भीर समस्या रहेको देखाउँछ। नेपालमा सार्वजनिक सेवा, ठेक्कापट्टा, राजनीतिक प्रणाली र शासकीय प्रणालीका विभिन्न क्षेत्रहरुमा भ्रष्टाचार गहिरो रूपमा रहेको देखिन्छ । भ्रष्टाचार अवधारणा सूचकाङ्क सन् २०२४ मा नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ । सन् २०२४ मा यो अंक ३५ रहेको थियो। यस नतिजाले भ्रष्टाचार विरुध्द प्रभावकारी रुपले काम–कारबाही अगाडि बढाउन जरुरी भएको औंल्याउँदछ । भ्रष्टाचार अवधारणा सूचक कुनै देशको वास्तविक भ्रष्टाचारको मात्रालाई होइन, त्यहाँका नागरिक, व्यवसायी, र विज्ञहरूले भ्रष्टाचारलाई कसरी अनुभूति गर्छन् भन्ने धारणा मापन गर्ने सूचक हो।यो देशभित्रै जनताले आफ्नो शासन प्रणालीका पात्रहरुलाई हेर्ने दूरवीन मात्र होइन यसले अन्तर्राष्ट्रिय जगतले सो देश विशेषलाई समग्र रुपमा हेर्ने लेन्स पनि हो । नेपालजस्ता विकासशील देशहरूमा भ्रष्टाचार अवधारणा सूचक सुधार गर्न शासन सुधार, पारदर्शिता, कानुनी कडाइ, र नागरिक सहभागिता आवश्यक छ।

(डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्)

 

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचारको सामाजिक र आर्थिक मूल्य

अधिकृतस्तरका ३३ कर्मचारी उपसचिवमा बढुवा सिफारिस

१६ उपसचिव सहसचिवमा बढुवा सिफारिस

बैकुण्ठ अर्याल : विद्यालय निरिक्षकदेखि सचिवसम्म

भूमि आयोग खारेज गर्ने निर्णय नै सर्वोच्चबाट खारेज

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरू

शाखा अधिकृत,सब इञ्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

१० हजार कर्मचारी कटौती गर्ने निर्णय अलपत्र,अर्थले मात्र हटायो ३०२ कर्मचारी

बिशेष