अधिकृतस्तरका ३३ जना कर्मचारीहरु उपसचिवमा बढुवा सिफारिस भएका छन् ।
बिज्ञापन
न्याय सेवा आयोगको आज बसेको बैठकले नेपाल न्याय सेवा,न्याय समूह,नेपाल न्याय सेवा,कानुन समूह र नेपाल न्याय सेवा,सरकारी वकिल समूहका अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको हो ।
बिज्ञापन
ती कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमता मुल्याकनका आधारमा बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।
जस अनुसार,नेपाल न्याय सेवा,न्याय समूहका सात जना कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस भएका छन् भने कानुन समूहका चार जेष्ठताका आधारमा बढुवा सिफासिस भएका छन् । यस्तै,सरकारी वकिलतर्फका ५ बढुवा सिफारिस हुँदा कार्यक्षमता मुल्यांकनका आधारमा नेपाल न्याय सेवाका ७,कानुनतर्फका पाँच र सरकारी वकिलतर्फका ५ गरी ३३ जना कर्मचारीहरु उपसचिवमा बढुवा सिफारिस भएका हुन ।


























