गुणस्तरहीन सिटामोल बजारमा : दुई नेपाली कम्पनीका ब्याच तत्काल रिकल गर्न विभागको निर्देशन

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा दुई अलग–अलग नेपाली कम्पनीद्वारा उत्पादन गरिएको सिटामोल (प्यारासिटामोल) ट्याब्लेट गुणस्तरहीन भेटिएपछि बिक्री–वितरण तत्काल रोक्का गर्दै सम्बन्धित ब्याचहरू बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।

बिज्ञापन

 

बिज्ञापन

विभागले सार्वजनिक सूचना जारी गर्दै लोमस फर्मास्युटिकल्स प्रा.लि. (काठमाडौं) र क्युरेक्स फर्मास्युटिकल्स प्रा.लि. (बनेपा, काभ्रे) ले उत्पादन गरेका ५०० एमजीका प्यारासिटामोल ट्याब्लेट तोकिएको मापदण्ड अनुसार नपुगेको राष्ट्रि‍य औषधि प्रयोगशालामा प्रमाणित भएको जनाएको हो।

 

बिज्ञापन

रोक्का गरिएका औषधि तथा ब्याच विवरण यसप्रकार छन् सेटोफेन (CETOPHEN) – ५०० एमजी उत्पादक: लोमस फर्मास्युटिकल्स ब्याच नं.: CT-2723, उत्पादन: जुन २०२३, म्याद: मे २०२६, रेक्सामोल (REXAMOL) – ५०० एमजी, उत्पादक: क्युरेक्स फर्मास्युटिकल्स, ब्याच नं.: TRX-695, उत्पादन: नोभेम्बर २०२४, म्याद: अक्टोबर २०२६

म्याद सकिन करिब ६ महिना र एक वर्षभन्दा बढी समय बाँकी रहे पनि यी औषधि क्रमशः करिब दुई वर्ष र एक वर्षदेखि निर्वाध रूपमा बजारमा बिक्री भइरहेको विभागले जनाएको छ। विभागका अनुसार नमुना परीक्षणमा गुणस्तरहीन ठहरिएपछि औषधि ऐन, २०३५ को दफा १४ बमोजिम दुवै कम्पनीका सो–सो ब्याच तुरुन्त फिर्ता लिन निर्देशन गरिएको हो।

 

दफा १२ ले बजारमा उपलब्ध हरेक औषधि जनस्वास्थ्यका लागि सुरक्षित, असरदार र गुणस्तरीय हुनुपर्ने व्यवस्था गरेको छ। सोही कानुनी प्रावधानअनुसार बजारमा पुगिसकेको औषधि मापदण्ड विपरीत पाइएमा उत्पादक स्वयंले अनिवार्य रूपमा रिकल गर्नुपर्ने उल्लेख छ।

 

विभागले फार्मेसी, स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीहरूलाई पनि यी ब्याचका औषधि सिफारिस, बिक्री–वितरण वा प्रयोग नगर्न आग्रह गरेको छ। साथै, उपभोक्तालाई औषधि खरिद गर्दा ब्याच नम्बर अनिवार्य रूपमा जाँच गर्ने सजगता अपनाउन अनुरोध गरिएको छ।

विभागले नियमित बजार अनुगमनमार्फत विभिन्न औषधिका नमुना संकलन गर्ने र मापदण्डभन्दा तल भेटिएका थप औषधिमा समेत आवश्यक कारबाही जारी राख्ने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गुणस्तरहीन सिटामोल बजारमा : दुई नेपाली कम्पनीका ब्याच तत्काल रिकल गर्न विभागको निर्देशन

गोकर्णको जग्गा लिजदेखि कर्मचारी तह बढुवासम्म विवादमा मुछिएका सहसचिव नै मन्त्रीका विश्वासपात्र

सुशीलाको सुशासन : बदनाम र विवादित पात्र छानी छानी नियुक्ति

२० करोडभन्दा बढी अनियमितता गर्ने बोहरा विभागको महानिर्देशक

वायु सेवा निगमको महाप्रबन्धकका लागि १६ जनाको आवेदन

सशस्त्र प्रहरीमा पाठक डीआईजीमा र महर्जन एसएसपीमा बढुवा सिफारिस

प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

डीआईजी सापकोटालाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण

बिशेष