निजामतीको सर्वाेच्च पदमा तीन अर्याल : बैकुण्ठ र एकनारायण विवादै विवादमा,सुमनको अग्निपरीक्षा

पछिल्लो समय तीन जना अर्यालहरु नेपाल सरकारको मुख्य सचिवको कुर्सीमा पुग्न सफल भएका छन् ।

बिज्ञापन

२०१२ सालमा मुख्यसचिवको कुर्सीमा पुगेका थिए,चन्दबहादुर थापा । उनी पछि क्रमश कुल शेखर शर्मा,कृष्णबम मल्ल,क्षेत्रविक्रम राणा,प्रधुम्नलाल राजभण्डारी,कृष्णवहादुर मानन्धर,भोगेन्द्रनाथ रिमाल,कर्ण ध्वज अधिकारी,लोकवहादुर श्रेष्ठ,दामोदरप्रसाद गौतम,मधुसुदनप्रसाद गोर्खाली,डा ईश्वरप्रसाद उपाध्याय र वलराम सिंह मल्ल ।

बिज्ञापन

५६ साल अघिका मुख्यसचिवहरु थिए,उनीहरु । त्यसपछि क्रमश तीर्थमान शाक्य,केशवराज राजभण्डारी,विमल कोईराला,लोकमान सिंह कार्की,मुकुन्द शर्मा पौडेल,डा भोजराज घिमिरे,माधवप्रसाद घिमिरे,लीलामणि पौड्याल,डा सोमलाल सुवेदी,राजेन्द्रकिशोर क्षेत्री,लोकदर्शन रेग्मी,शंकरदास खनाल (वैरागी),बैकुण्ठ अर्याल,लीलादेवी गड्तौला,हालै निवृत्त भएका एकनारायण अर्याल र भोलिदेखि मुख्यसचिवको जिम्मेवारी सम्हाल्न लागेका सुमन अर्याल ।

को कसरी भए,मुख्य सचिव ?

बिज्ञापन

४८ साल यता कुनै पनि मुख्य सचिव नियसंगत ढङ्गबाट वा वरियताका आधारमा भएका थिएनन् । बचनमा जतिसुकै लोकतन्त्रको सरस्वती बसे पनि ब्यवहारमा चाहिँ हरेक सत्ताले एसम्यानलाई काखी च्याप्दै आएको छ । बलरामसिंह मल्ल रिटायर्डको मुखमा पुगिसकेका थिए । उनीभन्दा पहिले कानून सचिव तीर्थमान शाक्य घर जाने भए । ती दुईको अवकाश एकाध महिनाभित्र हुँदै थियो । शाक्यलाई जसरी पनि मुख्यसचिव बनाउन ओमकार श्रेष्ठ, रामकृष्ण ताम्राकार र अमिता कपालीहरुबाट लबिङ्ग शुरु भयो,फलतः मल्ललाई जर्मनीको लागि राजदूत बनाइयो भने शाक्यले मुख्यसचिव बन्न अवसर पाए ।

यस अघि केशव राजभण्डारीलाई म्याद नथपी विमल कोइरालालाई मुख्यसचिव बनाए । रोलक्रममा रहेका शम्भु खनाल र श्रीकान्त रेग्मीलाई काँग्रेस हुँदाहुँदै पनि मुख्यसचिव बन्न हुँदैन भनियो । सरकारको उक्त रवैयाप्रति असहमति जनाउँदै ती दुईले सचिवबाट राजिनामा दिए । पछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि पालोमा बसेका गृहसचिव चण्डी श्रेष्ठलाई लोप्पा खुवाएर धेरै जुनियर लोकमानसिंह कार्कीलाई मुख्यसचिव बनाइयो । तिनै लोकमान पछि अख्तियार प्रमुख भए । कार्कीभन्दा माथिका कुनै पनि वरिष्ठ सचिवले खनालले र रेग्मीले झैँ राजिनामा दिएर बाहिरिने आँट गरेनन् ।

प्रधानमन्त्री बाबुराम भट्टराईले पनि रोलक्रमको पालना गरेका थिएनन् । त्यतिबेला पहिलो नम्बरमा शंकर कोइराला लगायतका सचिवहरु अगाडि थिए । लीलामणिलाई टिपिएपछि माथिका ६ जनाले एकै चोटी राजीनामा दिएको इतिहास पनि छ,प्रशासनिक बृत्तमा । सुशीलले जयमुकुन्द खनाललाई पन्छाएर विश्वप्रकाश पण्डितलाई तान्न खोजेका थिए । रणनीतिअनुसार श्रीधर गौतमलाई नेपाल ट्रष्ट काण्डको बिल्ला भिराएर डामिएको थियो । खनाललाई एमालेतिर झुकाव राखेको आरोप लगाउँदै पण्डितलाई बनाउन खोज्दा वामदेव गौतमलगायतका मन्त्रीहरूबाट विरोध भयो । उता माधव घिमिरेलाई ल्याएर हिस्स पारियो । डा। सोमलाल सुवेदी जसरी मुख्यसचिव बने बहिर्गमन पनि त्यसैगरी भयो । लोकदर्शन रेग्मीलाई जसरी पनि मुख्यसचिव बनाउनुपर्ने दबाबमा सरकार परेपछि सुवेदीलाई राजिनामा दिन लगाएर मनिलास्थित एसियाली विकास बैंकको सहसचिव जाने पदमा पठाइयो । त्यसका लागि सुवेदीको राजिनामा लामो समयसम्म स्वीकृत गरिएन, जसका कारण बीचमा रहेका धनबहादुर तामाङ्ग पालो कुर्दाकुर्दै घर गए । सायद जनजाती नभएका भए उनी मुख्यसचिव हुन्थें । त्यसपछि चार महिनाका लागि राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव बनाएर रेग्मीको बाटो खुलेको हो ।

चाहे मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्दा होस शंकरदास बैरागीलाई नियुक्त गर्दा रोलक्रम मिचिएकै थियो । लोकदर्शन रेग्मीले पूरा कार्यकाल काम गरेका भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्येबाट एकले मुख्यसचिव बन्ने अवसर पाउँथे । यस अघि सोमलाल सुवेदीलाई उसैगरी छिर्के हानेर राजीनामा गर्न लगाइयो । बैकुण्ठ अर्याललाई मुद्धा लागेपछि मुख्य सचिव बनेर रेकर्ड राखेकी लीलादेवी गड्तौला हुन वा वर्तमान मुख्य सचिव एकनारायण अर्याल क्रमभन्दा क्रम भङ्गबाटै मुख्य सचिव बनेका हुन ।


भ्रष्टाचार मुद्धा खेप्ने पहिलो मुख्यसचिव बैकुण्ठ, स्वार्थका फेरोले विवादित एकनारायण

यी सबै घटनाक्रमलाई हेर्दा ब्युरोक्रेसीमा आफू अनुकूल मुख्यसचिव बनाउने, एउटालाई राजिनामा दिन लगाएर अर्कोलाई नियुक्त गर्ने, राजदूतको ललिपप देखाएर मुख्यसचिव खुस्काउने काम हुँदै आएको थियो । जेनजी विद्रोहका दमनका कारण गोकर्णमणि दुवाडी एकनारायण अर्यालसँगै घर गएपछि अर्काे अर्यालको भाग्य चम्किन पुगेको छ । यस अघि बैकुण्ठ,एकनारायण पछि सुमन अर्याल मुख्य सचिवको कुर्सीमा छन् तर यी दुई अर्यालहरु आफ्नो कार्यकालमा नामभन्दा बढी बदनामी कमाएका छन् । आफ्नो करिअरको लामो समय उपसचिवका रुपमा राष्ट्रिय योजना आयोग र सहसचिवका रुपमा अर्थ मन्त्रालयमा बिताएका डा बैकुण्ठ अर्याललाई सचिवको पाँच वर्षे कार्यकाल सकिनु दुई दिनअघि मुख्य सचिवमा नियुक्त गरियो । उनी अघिका मुख्य सचिव शंकरदास वैरागीको कार्यकाल आगामी असोज १४ गते सकिने थियो । उनले पूरा कार्यकाल काम गरेको भए अर्याल मुख्य सचिव हुन पाउँदैनथे । तर, मन्त्रिपरिषदले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा नियुक्त गर्दै अर्याललाई ८० साल जेठ ३२ मा मुख्यसचिव नियुक्त गरेको थियो । १८ असार, २०४९ मा शाखा अधिकृतका रुपमा रामेछापको हुलाक कार्यालयबाट अर्यालले निजामती सेवा सुरु गरेका बैकुण्ठ अर्याल उपसचिवका रुपमा उनले २०५६ देखि १० वर्ष राष्ट्रिय योजना आयोगमा काम गरेका थिए । ०६६ मा सहसचिव बनेपछि उनले केही साता गृह मन्त्रालयमा काम गरे । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भए ।

झण्डै २० महिना प्रधानमन्त्री कार्यालयमा काम गर्दा सञ्चार र कागजात व्यवस्थापनलाई डिजिटलाइज्ड गर्न उनले भूमिका खेलेका थिए । त्यसपछि उनी सहसचिवकै रुपमा अर्थ मन्त्रालयमा सरुवा भए, जहाँ उनले साढे ६ वर्ष आर्थिक मामिला तथा नीति विश्लेषण महाशाखा, बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । अर्थ मन्त्रालयमा एलएमबीआईएसका अतिरिक्त, कागजात व्यवस्थापन प्रणाली र सार्वजनिक खर्च समीक्षाका लागि डेटा व्यवस्थापन लगायतका विभिन्न प्रणाली सुधारमा संलग्न रहेका उनी सचिव हुँदै मुख्य सचिव भए पछि विचौलियाका हित अनुकुल काम गर्दा फन्दामा परे र निजामती सेवामा पहिलो पटक भ्रष्टाचार मुद्धा खेपेर निलम्बित हुने मुख्य सचिव बने । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिदा भएको भ्रष्टाचार मुद्धा खेपेर निलम्बनमा परेका उनलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले क्लिन चिट दिएसँगै राष्ट्रिय योजना आयोगबाट राजीनामा दिएका थिए बैकुण्ठले ।

उनी पछि मुख्य सचिवको कुर्सीमा लीलादेवी गड्तौला पुगिन,त्यो पनि बेक्रमबाट । भ्रष्टाचार मुद्दाले तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याल निलम्बनमा परेपछि महिना कार्यकाल रहेकी लीलादेवी गड्तौलालाई सरकारले मुख्यसचिव बनायो । एक महिना मुख्य सचिव बनेर पहिलो महिला मुख्यसचिवको रेकर्ड राखेकी गड्तौला पछि मुख्यसचिव बने एकनारायण अर्याल । सो समयमा मुख्यसचिवका लागि सचिवहरू तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी र दिनेश भट्टराईसमेत प्रतिस्पर्धामा भए पनि अर्याल मुख्यसचिव नियुक्त भएका थिए । ४ माघ ०४६ मा नायब सुब्बा पदबाट निजामती सेवा प्रवेश गरेका उनी ४ फागुन ०५१ मा शाखा अधिकृत, ६ माघ ०५८ मा उपसचिव र १९ फागुन ०६७ मा उनी प्रतिस्पर्धाबाटै सहसचिव भएका थिए भने १८ फागुन ०७६ मा उनी सचिवमा नियुक्त भएका थिए । ३० फागुन ०८० देखि गृहसचिवका रूपमा कार्यरत अर्याल त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए । काठमाडौंसहित तनहुँ र मकवानपुरको प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत (सचिव) र कोलकाताको महावाणिज्य दूतलगायतका महत्वपूर्ण जिम्मेवारी पुगे । उनको कार्यकाल पनि विवादरहित रहन सकेन । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा निजामती सेवा विधेयक विचाराधीन भएका बेलामा मुख्यसचिव अर्यालले केही हितैषी कर्मचारीहरूलाई लिएर डेलिगेसन गए । उनीहरू विधेयकमा समावेश भएको ‘कुलिङ पिरियड’को प्रावधान निस्तेज पार्न जोडबलमा लागेका कारण विवादित बने,एकनारायण । यस्का अलवा मुख्यसचिवमा नियुक्त भएको एक महिना नबित्दै छोरी डा अस्मिता अर्याललाई नेपाल वायुसेवा निगममा कर्पोरेट चिकित्सकमा नियुक्त दिलाएर विवादमा तानिए ।

अर्काे अर्यालको अग्निपरीक्षा
उनी पछि अर्काे अर्याल निजामती कर्मचारीको सर्वाेच्च पदमा पुगेका छन्,सुमन अर्याल । उनी काठमाडौं जोरपाटीका स्थायी बासिन्दा हु र नेपाल सरकारका २९ औँ मुख्यसचिवमा नियुक्त भएका छन् । ०७७ माघ १९ गते सचिवमा बढुवा भएका सुमन नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाका कर्मचारी हुन । ०५३ साल वैशाख १७ गते शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका उनी ६६ सालमा उपसचिवमा बढुवा भएर राष्ट्रिय योजना आयोगको सचिवालयमा कार्यरत रहेको देखिन्छ । ६८ सालमा सहसचिवमा बढुवा भएसँगै राष्ट्रिय योजना आयोगको सचिवालयमा नियुक्ति पाएका उनी केन्द्रीय तथ्यांक विभाग,प्रदेश सचिवका रुपमा आर्थिक मामिला तथा योजना मन्त्रालय धनगढीमा खटाइएको थियो । ७७ साल माघमा सचिवमा बढुवा भएका उनी त्यस यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर,महालेखा नियन्त्रकको कार्यालय,महिला बालबालिका मन्त्रालय,युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय योजना आयोगको सचिवालय हुँदै गत असोज ५ गतेदेखि रक्षा सचिवको जिम्मेवारीमा छन् । विज्ञान बिषयमा स्नातकोत्तर गरेका अर्याल मुख्यसचिवका रुपमा अबको आठ महिना अर्थात २०८३ असार २५ गतेसम्म  पदमा रहनेछन् । सुमनले राष्ट्रिय तथ्यांक कार्यालयभन्दा बाहिर गएर काम गरेको सचिव भएपछि मात्रै हो । सचिवहरूमा वरीयतामा पहिलो नम्बरमा रहेका भरतमणि सुवेदीले राजीनामा दिएपछि दोस्रो नम्बरमा रहेका अर्यालको मुख्य सचिव हुने अवसर मिलेको छ । हेर्न बाँकी छ सुमन अर्याल पनि बैकुण्ठ र एकनारायणझैं बदनाम र विवादित हुन्छन वा प्रशासन संयन्त्रमा सुनाम लेखाउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कान्ति बाल अस्पतालमा चरम अव्यवस्था : निर्देशक डा. पंकज रायको लापरवाहीले अस्पताल ‘भद्रगोलतन्त्र’ मा

भूपु मुख्यसचिवलाई आत्मवृत्तान्त लेख्न प्रधानमन्त्रीको सुझाव

निजामतीको सर्वाेच्च पदमा तीन अर्याल : बैकुण्ठ र एकनारायण विवादै विवादमा,सुमनको अग्निपरीक्षा

प्रशासन–प्रहरीको संरक्षणमै अवैध क्लिनिक सञ्चालन: सिडिओको आदेशपछि मात्र बन्द गर्ने निर्णय

भ्रष्टाचार मुद्धामा शाखा अधिकृतलाई विशेषको क्लिन चिट,अख्तियारको असन्तृष्टी

कार्यालय प्रमुख,अधिकृत,नासु,कम्युटर अपरेटरसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा

राष्ट्रिय संग्रहालयको वमन भैरव

सामान्य प्रशासनको पहिलो महिला सचिव बनिन चन्द्रकला,तीन महाशाखा प्रमुख महिला

बिशेष