काठमाडौँ । सरकारले आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको स्रोतले जनाएको छ।
बिज्ञापन
बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीका साथै उच्चस्तरीय मानवीय स्रोत व्यवस्थापनसम्बन्धी महत्वपूर्ण एजेन्डामा छलफल हुनेछ। विशेषगरी मुख्यसचिव नियुक्ति टुंग्याउने विषय आजको बैठकको मुख्य एजेन्डा मानिएको छ।
बिज्ञापन
हालका मुख्यसचिव एकनारायण अर्याल मंसिर १० गतेबाट अनिवार्य अवकाशमा जान लागेकाले सो पद पूर्तिका लागि सरकारले तयारी गर्दै आएको छ। नयाँ मुख्यसचिव को हुने भन्ने विषयमा सत्ता गठबन्धनभित्र नै छलफल तीव्र भएको सरकारी स्रोतको भनाइ छ।
यसबाहेक बैठकमा केही सहसचिवहरूको सरुवा सम्बन्धी प्रस्ताव पनि टेबल हुने बताइएको छ।
बिज्ञापन
बैठकमा सरुवा, नियुक्ति तथा प्रशासनिक सुधारका मुद्दामा ठोस निर्णय आउने अपेक्षा गरिएको छ।


























