यहीँ मिति २०८२ मंसिर ५ गतेदेखि ६ गतेसम्म सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा सेक्रेड हार्ट माध्यमिक विद्यालको फुटसल मैदानमा हिसान तारकेश्वर फुटसल टुर्नामेन्ट आयोजना हुने भएको छ । उक्त टुर्नामेन्ट २०८२ मंसिर ५ गते बिहान ९ बजे उदघाटन भइ ६ गते २:०० बजे समापन हुने जनाइएको छ ।
बिज्ञापन
हिसान तारकेश्वरको आयोजना र सेक्रेड हार्ट माध्यमिक बिद्यालयको संयोजनमा हुने यस टुर्नामेन्टको सभापतित्व तारकेश्वर हिसानका अध्यक्ष श्री लिलबहादुर पुनले गर्नुहुनेछ भने कार्यक्रमको सम्पुर्ण रूपरेखा तारकेश्वर हिसानका अतिरिक्त क्रियाकलाप प्रमुख श्री राजेश रायमाझी तथा संयोजक विद्यालय सेक्रेड हार्ट माध्यमिक बिद्यालयका प्रीन्सिपल बद्रीनाथ भट्टले तयार गर्नुहुनेछ । तारकेस्वर नगरपालिका भित्र कक्षा ११ र १२ संचालित हिसान आबद्ध बिद्यालयजरुका बीच स्वस्थ प्रतिस्पर्धात्मक रूपमा रहने, छात्रतर्फ ८ ओटा र छात्रातर्फ ७ ओटा टिम सहभागी हुनेगरी व्यवस्थित रूपले संचालन गरिने जानकारी आज पत्रकार सम्मेलनमा आयोजकले दिएको थियो ।
बिज्ञापन
टुर्नामेन्टमा रेफ्रीको भुमिकामा एन्फाका रेफ्री ज्ञानेन्द्र आलेको समुह रहनेछ । कार्यक्रमको समउद्घाटन केन्द्रिय हिसानका सह कोषाध्यक्षले २०८२ मंसिर ५ गते बिहान ९ बजे सेक्रेड हार्ट माध्यमिक विद्यालयको फुटसल मैदानमा गर्नुहुनेछ । पुरस्कार वितरण कार्यक्रम जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख समन्तमणि आचार्यद्वारा २०८२ मंसिर ६ गते दिउँसो २:०० हुनेछ । । आयोजकले बिज्ञप्तिमा जनाए अनुसार हिसानका हरेक प्रकारका खेलकुदहरू अन्तर्राष्ट्रिय अभ्यास र नितिनियमभित्र रहेर संचालन गरिने गरेको र यो टुर्नामेन्ट पनि सोही बमोजिम हुने र खेलकुद सम्बन्धि नियम तथा जानकारीसमेत प्रतिस्पर्धामा सहभागी हुने सदस्य विद्यालयहरूलाई उपलब्ध गराइएको छ । बिज्ञप्तिमा भनिएको छ – ` सर्वाङ्गिण विकासको एउटा पक्ष : खेलकुद ‘ भन्ने आदर्श वाक्यलाई सम्मान गर्दै टुर्नामेन्ट मुख्यत प्रतिस्पर्धी विद्यार्थी र तिनका माध्यमबाट सदस्य विद्यालयमा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीहरूलाई अनुशासित , सहयोगी तथा सर्वगुणी बनाउन सफल हुनेछ भन्नेमा हामी पूर्ण आशावादी रहेका छौं । ´ आयोजकका अनुसार टुर्नामेन्टमा विजयी टिमहरुलाई मेडल र ट्रफीका साथै प्रमाणपत्र विवरण गरिनेछ ।बेष्ट स्कोर,बेष्ट किपर र बेष्ट प्लेयर लाईसमेत हौसलाको रूपमा ट्रफ्री प्रदान गरिनेछ ।


























