अदालतमै घुस खाने नायब सुब्बा अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।

बिज्ञापन

बैनाबट्टा लेनदेनसम्बन्धी मुद्दाको फैसलाको प्रतिलिपि निकालिदिने नाममा सेवाग्राहीसँग घुस मागिएको उजुरी आएपछि आयोगले अनुसन्धान अघि बढाएको थियो। आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट १२ हजार रुपैयाँ बुझिसकेको अवस्थामा धमलालाई रंगेहात नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

बिज्ञापन

आयोगका अनुसार धमलाले लिएको घुसकै भरमा १२ हजार रुपैयाँ बिगो निर्धारण गरिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुलीको मागदाबी सहित मुद्दा दायर गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष