त्रिपुरेश्वरस्थित राहदानी विभागबाट प्रहरीले आठ बिचौलियालाई पक्राउ गरेको हो ।
बिज्ञापन
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार पाँच जना र हिजो सोमबार ३ जना गरी आठ जनालाई पक्राउ गरेको हो ।
बिज्ञापन
विभागमा राहदानी बनाउन आउने सेवाग्राहीसँग पैसा लिएर काम गरिदिने प्रलोभन देखाउँदै आएका बिचौलियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
विभागले पक्राउ गरेका विचौलियाको नाम गोप्य राखेको छ । उनीहरु उपर अनुसन्धान भइरहेको विभागले जनाएको छ । यस अघि प्रहरीले २ जना बिचौलिया सुनील नेपाली र बुद्धिनारायण श्रेष्ठलाई पक्राउ गरेको थियो कालीमाटी प्रहरी वृत्तले ती दुई विचौलियालाई जनही १० हजार रुपैयाँ धरौटीमा छाडिसकेको छ।
बिज्ञापन
यस पछि कात्तिक ३० मा ३, मंसिर १ मा ८ जना गरी ११ बिचौलियालाई पक्राउ गरेको हो। कार्तिक ३० गते सर्लाही घर भई हाल काठमाडौं महानगर–२६ मा बस्दै आएका ३२ वर्षीय भाग्यनारायण साह, धादिङ घर भई हाल काठमाडौं महानगर–३ मा बस्दै आएका ३६ वर्षीय वीरेन्द्र थापा मगर र सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–२८ मा बस्दै आएका मिक्टे लामालाई पक्राउ गरेको हो।
आज पक्राउ परेका परेकाहरुमाथि अहिले सोधपुछ भइरहेकाले प्रहरीले जनाएको छ ।सेवाग्राहीहरुसँग अतिरिक्त शुल्क लिएर काम छिटो गरिदिने भन्दै विचौलियाहरुले कर्मचारीसँग मिलेर काम गर्ने गरेको गुनासो व्यापक छ । सो बिषयमा प्रहरीले कर्मचारी र विचौलियाको नेक्सस खोजिरहेको जनाएको छ ।


























