भारतका वाणिज्य मन्त्रीसँग नेपाली उद्योगमन्त्रीको भेट, पारवहन सन्धिमा संशोधित प्रोटोकल आदान–प्रदान

नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन गर्दै सबै प्रकारका कार्गो ढुवानी गर्न सकिने सहमति भएको छ। नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले भारतको विशाखापटनम्स्थित 30th Partnership Summit 2025 मा सहभागी हुन जाने क्रममा भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलसँग नयाँ दिल्लीस्थित वाणिज्य भवनमा आज भेटवार्ता गरेका हुन्।

बिज्ञापन

भेटका क्रममा दुवै देशका मन्त्रीबीच पारवहन सन्धिको संशोधित प्रोटोकल अन्तर्गत Letter of Exchange (LOE) आदान–प्रदान गरिएको हो। यस संशोधनपछि अब कोलकाता वा विशाखापटनम बन्दरगाहबाट विराटनगर–जोगवनी हुँदै र कोलकाता/विशाखापटनमबाट नौतनवा (सुनौली) हुँदै भैरहवासम्म रेल र सडकमार्ग प्रयोग गरी सबै प्रकारका कार्गो ढुवानी गर्न सकिने भएको छ।

बिज्ञापन

यसअघि ती नाकाबाट केवल चार प्रकारका बल्क सामान मात्र ढुवानी गर्न पाइने व्यवस्था थियो। नयाँ संशोधनले नेपालको पारवहन लागत घटाउने र समय बचत हुने भएकाले व्यापार सहजीकरणमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ।

भेटमा द्विपक्षीय व्यापार, पारवहन व्यवस्थाको सुधार, व्यापार पूर्वाधार विकास र लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको थियो।
मन्त्री सिन्हाले Bureau of Indian Standard (BIS) प्रमाणीकरण प्रक्रियालाई सरल बनाउन र द्विपक्षीय व्यापार तथा पारवहन सहजीकरणका विषयहरूलाई निष्कर्षमा पुर्‍याउन भारत सरकारलाई आग्रह गरे।

बिज्ञापन

उनले भारतको “छिमेकी पहिलो नीति” को प्रशंसा गर्दै सो नीतिअनुसार व्यापार, पारवहन र लगानी प्रवर्द्धनमा दुवै मुलुकबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने आवश्यकता औंल्याए।

भारतका मन्त्री गोयलले नेपाललाई भारतले विशेष प्राथमिकता दिने बताउँदै छलफलमा रहेका मुद्दाहरूलाई चाँडै टुङ्गोमा पुर्‍याउन दुवै देशका अधिकारीलाई निर्देशन दिएका थिए।

भेटमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा, र दुवै देशका सम्बन्धित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

बिशेष