शहरी विकास मन्त्रालयमा ठूलो हेरफेर : रविन्द्र बोहरा भवन निर्माण विभागको महानिर्देशक

काठमाडौं । शहरी विकास मन्त्रालयले सहसचिवस्तरमा व्यापक सरुवा गरेको छ। प्रशासनिक चुस्ती र काम गर्ने वातावरण सुदृढ बनाउने उद्देश्यसहित गरिएको हेरफेरअन्तर्गत भवन निर्माण विभागमा सहसचिव रविन्द्र बोहरालाई महानिर्देशक नियुक्त गरिएको छ।

बिज्ञापन

त्यसअघि सो विभागका महानिर्देशक रहेका मचाकाजी महर्जनलाई अधिकार सम्पन्न बागमती सभ्यता एकाइमा पठाइएको छ। विभागका उप–महानिर्देशक प्रकृण तुलाधरलाई काठमाडौं उपत्यका विकास प्राधिकरणमा जिम्मेवारी दिइएको छ भने त्यहाँ कार्यरत लिला खतिवडालाई विभागमा सरुवा गरिएको छ।

बिज्ञापन

त्यस्तै, मन्त्रालयका सहसचिव रोशन श्रेष्ठलाई भवन प्रविधि शाखा, र सहसचिव एकराज आचार्यलाई भौतिक योजना तथा समन्वय शाखा सम्हाल्ने जिम्मेवारी तोकिएको छ।

मन्त्री कुलमान घिसिङका अनुसार यो निर्णयले मन्त्रालयभित्र पारदर्शिता र कार्यक्षमता बढाउने विश्वास गरिएको छ। उनका निकट स्रोतका भनाइअनुसार विभाग र मन्त्रालयबीच देखिएको समन्वय कमजोरी र केही ‘निष्क्रिय टिम’का कारण यस्तो सरुवा आवश्यक भएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भारतका वाणिज्य मन्त्रीसँग नेपाली उद्योगमन्त्रीको भेट, पारवहन सन्धिमा संशोधित प्रोटोकल आदान–प्रदान

शहरी विकास मन्त्रालयमा ठूलो हेरफेर : रविन्द्र बोहरा भवन निर्माण विभागको महानिर्देशक

विचौलियाको स्वार्थ अनुकुल कलम नचोप्दा लखेटिएका बराल दुई बर्षपछि अर्थमा भित्रिए

जेनजीको शासन : डिम्बको अवैध कारोबार गर्नेदेखि सहकारी ठगी गर्नेलाई उन्मुक्ति

अवकाशकै भोलिपल्ट आइजीपीमाथि जाँचबुझ आयोगको एक्सन

सातै प्रदेश सरकारलाई पिआइएस पोर्टलमा पहुँच, स्थानीय तहका र समायोजन भएका ६६ हजार कर्मचारी प्रत्यक्ष लाभन्वित

अख्तियारको प्रतिवेदन भन्छ : अधिकृत सबैभन्दा भ्रष्ट

अर्थमा व्यापक कटौती, परराष्ट्रकालाई हाइसञ्चो

बिशेष